सुर्खेतमा अटो दुर्घटना : एकको मृत्यु, दुई घाइते

सुर्खेत : सुर्खेतमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल चेक प्वाईन्ट देखी १ किलोमिटर अगाडी गिरिघाटतर्फ जादै गरेको भे १ ह ८४४ नम्बरको अटो अनियन्त्रत भई सडकको बाँया साईडको कलभर्टमा ठोकिन जाँदा दुर्घटना परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार मृत्यु हुँनेमा वीरेन्द्रनगर नगरपालिका–१ का ४४ वर्षीय जमरा शाही रहेकी छन् । घाइतेहरुलाई प्रहरी चौकी बाङेसिमलबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि कर्णाली केयर अस्पताल सुर्खेतमा पु¥याएको थियो । उक्त अस्पतालमा ४४ वर्षीय शाहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भने उनको शव अहिले कर्णाली प्रदेश अस्पताल कालागाँउमा लगिएको छ ।

त्यस्तै घाइते हुँनेहरूमा वीरेन्द्रनगरका ५३ बर्षका लक्ष्मीबहादुर शाही र २० बर्षीय जगत शाही रहेका छन् । उनीहरु दुईजना सामान्य घाइते भएकोले दुवैजनाका अवस्था पनि सामान्यनै रहेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर–१ का २४ वर्षीय अटो चालक रमेश शाहीलाई जिल्ला प्रहरी कार्यलय सुर्खेतले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया