माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा समस्या

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनको आज महोत्तरी जाने कार्यक्रम रद्द भएको छ । आज रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्डको सहभागी हुने कार्यतालिका रहेको थियो ।

नेकपा माओवादीका महत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ । प्रचण्डअहिले प्रचण्डनिवास खुमलटारमा चिकित्सकको निगरानीमा रहेको संयोजक ढुंगानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया