टी–२० शतकमा भारतका कोहलीलाई पाकिस्तानका बाबरले उछिने

टी–२० विश्वकप १७ अक्टुबरदेखि सुरु हुने भरएकाे छ । यस्तोमा आईपिएललाई यस विश्वकपको तयारीका रुपमा पनि हेरिएको छ । तर, भारतीय कप्तान विराट कोहलीले जारी सिजनमा अहिलेसम्म शतक लगाउन सकेका छैनन् ।
भारतले टी–२० विश्वकपमा २४ अक्टुबरमा पाकिस्तानको सामना गर्दैछ । यता, पाकिस्तानका कप्तान बाबर आजम भने निकै फर्ममा छन् । उनले पाकिस्तानको नेशनल टी–२० लिगमा शतक प्रहार गरेका छन् । उक्त लिगमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान आजम नै हुन् । यस शतकसँगै आजमले कोहलीलाई टी–२० शतकमा उछिनेका छन् ।

टी–२० करियरमा ३ सय १५ खेल खेल्दै कोहलीले ५ शतक लगाएका छन् । यता, बाबरले केवल १ सय ९४ खेल खेलेर ६ शतक प्रहार गरेका छन् ।
टी–२० खेलमा सबैभन्दा धेरै शतक प्रहार गर्ने किर्तिमान भने क्रिस गेलको नाममा छ । उनले ४ सय ४८ खेलमा २२ शतक प्रहार गरेका छन् । दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका डेभिड वार्नरले ८ वटा टी–२० शतक प्रहार गरेका छन् । यो सुचीमा न्युजिल्यान्डका ब्रेन्डन म्याकुलम ७ शतकसहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा रोहित शर्मा, सेन वाट्सन र बाबर आजम छन् । उनीहरुले समान ६ शतक लगाएका छन् ।

तपाईको प्रतिक्रिया