गाजा क्षेत्रमा झडप: १ बालकसहित ४१ प्यालेस्टाइनी घाइते

Medics and protestors evacuate a wounded of cameraman of Asem Shehada, from the fence of Gaza Strip border with Israel, during a protest marking the anniversary of a 1969 arson attack at Jerusalem’s Al-Aqsa mosque by an Australian tourist later found to be mentally ill, east of Gaza City, Saturday, Aug. 21, 2021. (AP Photo/Adel Hana)

एजेन्सी । इजरायली सुरक्षाबलको गोली लागेर १३ वर्षीय बालकसहित ४१ प्यालेस्टाइनी घाइते भएका छन्। प्यालेस्टाइनतर्फबाट हानिएको गोलीबाट एक इजरायली प्रहरी गम्भीर घाइते भएका छन्।

गाजा क्षेत्रमा इजरायली नाकाबन्दीको विरोधमा शनिबार आयोजित प्रदर्शनमा सयौं प्यालेस्टाइनीहरू सहभागी भएपछि हिंसा भड्किएको हो। दर्जनौं मानिसहरूले इजरायली सैनिकहरूमाथि ढुंगा र विस्फोटक सामग्री फ्याँकेपछि विरोध प्रदर्शन हिंसात्मक बनेको हो।

इजरायली सेनाले सयौं प्रदर्शनकारीहरूले उत्तरी गाजामा सीमा नाघ्न खोजेको जनाएको छ। सेनाले आन्दोलनकारीमाथि अश्रूग्यास र प्रत्यक्ष राउण्ड प्रहार गरेको बताइएको छ।

सीमा प्रहरीका एक सदस्यलाई गोलीले गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। पछिल्लो समय गाजा क्षेत्रमा हिंसाका घटना बढ्दै गएका छन्।

तपाईको प्रतिक्रिया