दैलेखमा बँदेलले मकैबाली नष्ट पार्दा, पिरमा परे किसान

दैलेख । जिल्लाको दुल्लु नगरपालिका १० मा बदेलले कृषकले लगाएको मकै बाली नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन् । दुल्लु – १० गमौडीका विभिन्न स्थानमा लगाइएको मकै बाली जंगली जनावर बदेलले नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका हुन् ।

रातको समयमा बदेलले मकै बाली नष्ट गर्ने गरेको स्थानीय कृषक महेन्द्र थापाले बताए । खेती नजिकै सामुदायिक रहेका वन रहेका छन्, जसका कारण जंगली जनावरको समेत बिगबिगी रहेको छ । त्यस स्थानमा गत वर्ष पनि बदेलले आतङ्क मच्चाएको थियो । ‘कहिले काहि बदेलले गोरु, बाख्रा र कहिले मान्छेलाई नै आक्रमण गर्ने गर्छ’, कृषक थापाले भने, ‘यस वर्ष पनि बदेलले वर्षभरीको खेती स्याहार्ने बेला उत्पात मच्चाएको छ ।’

यसरी मकै बाली भित्र्याउने बेलामा बदेलले मकै सखाप पार्न थाले पछि कृषकहरु रातभर जागाराम बस्न बाध्य छन् । केही दिनसम्म युवाहरुको समुह बनाएर रातको समयमा बदेललाई धपाउने र लखट्ने गरेको समेत थापाले बताए । तर पनि मकै बालीलाई बचाउन नसकिएको कृषक थापाको भनाइ छ । अर्का कृषक निरक खड्काका अनुसार बदेलले मकै,आलु,बदाम,भटमास सबै नष्ट पारेको बताए ।

खेतमा लगाएको धान समेत बदेलले ‘भित्र्याउन दिदैन,वर्षै पछिे बदेल आतंक बढ्न थालेपछि किसानले पहिला जस्तो प्रयाप्त खेति लगाउन पनि छोडेको उनले बताए । एर्कातिर रोजगारीमा भारत गएकाहरु पनि घरमै छन् । लगाएको खेतीवाली पनि बदेलले भित्र्याउन दिदैन आयस्रोत छैन् भन्दै किसान चिन्तित बनेका छन् ।

त्यस्तै जिल्लाको भैरवी गाउँपालिकाको राहतकोटमा पनि बदेलको आतंक बढेपछि कृषकमा चिन्ता बढेको छ । कृषकको वारिमा रहेको मकै, आलु बाली नष्ट भएपछि कृषकमा चिन्ता बढेको त्यहाँका कृषकको भनाइ छ । आफनो मेहनतले गरेको बालि आफनो घरमा भित्र्याउन नपाएपछि परिवारलाई हात मुख जोर्न धौ धौ भएको भन्दै कृषकले दुःख ब्यक्त गर्छन् ।

तपाईको प्रतिक्रिया