रंगभेदी व्‍यवहारप्रति रासफोर्ड आक्रोशित

इंग्ल्याण्ड तथा म्यानचेस्टर युनाइटेडका युवा स्टार मार्कस राशफोर्डले रंगभेदी व्‍यवहारप्रति आक्रोश व्‍यक्त गरेका छन् उनले पेनाल्टी मिस भएकोमा माफी मागे पनि आफ्नो रंगतर्फ इंगित गर्दै उनले आफू जे छु त्यो हुनुमा माफी नमाग्ने बताए।

युरोकप फुटबलको फाइनलमा इंग्ल्याण्ड इटालीसँग टाइब्रेकरमा ३-२ ले पराजित भएको थियो निर्धारित तथा थप गरिएको समयको खेलमा १-१ को बराबरी भएपछि निर्णय टाइब्रेकरबाट भएको हो।

पेनल्टीकै लागि मैदान छिराइएका राशफोर्डसहित जेडन सान्चो र बुकायो साकाले गोल गर्न सकेनन् उनीहरु तीनैजना अश्वेत हुन् जसले गर्दा इंग्लिस समर्थक पूर्णरूपमा उनीहरुमाथि सामाजिक सञ्जालमार्फत रंगभेदी टिप्पणी गरेका थिए।

यद्धपि उनीहरूमाथि भएको रंगभेदी व्यवहारको फुटबल एसोसिएसन, राजपरिवार, प्रशिक्षक तथा कप्तान निन्दा गरेका छन्। राशफोर्डले एक वक्तव्य जारी गर्दै आफ्नो प्रदर्शनका सम्बन्धमा हुने आलोचनाहरु जति पनि सुन्न सक्ने भन्दै उनले आफ्नो उत्पतिको विषयमा गरिने आलोचनाले भने निराश बनाएको र यो कुरामा कहिल्यै पनि माफी नमाग्ने बताए।

लण्डन महानगरीय प्रहरीले दुर्व्यवहारको अनुसन्धान गरिरहेको जनाएको छउसले खेलाडीमाथिको रंगभेदी दुर्व्यभार स्वीकार गर्न सकिने घटना नभएको भन्दै घटना छानविन गरिरहेको जनाएको छ।

रंगभेदी व्यवहारविरुद्धको लडाईमा साथ दिन भन्दै युरो २०२० मा सबै देशका खेलाडीले खेल सुरु हुनुअघि घुँडाले टेकेर समर्थन गर्ने गरेका थिए इंग्लिस टिमले पनि इटलीविरुद्धको फाइनलहरु त्यही गरेको थियो।

गएको मे महिनामा म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनल हारेपछि पनि रासफोर्डमाथि रंगभेदी व्यवहार भएको थियो।

तपाईको प्रतिक्रिया