कोरोनाले शिक्षामा दिएको सन्देश

मनवीर नेपाली । चीनको बुहानबाट फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसले पारेको प्रभावको पहिलो चरण जसोतसो उतारियो । २०७८ बैसाखदेखि पुनः पहिलेको भन्दा कडा रुपमा कोरोना उर्लिएर आयो । यसले त करिव चार हजारभन्दा बढीको ज्यानै लिईसक्यो ।

अझ बालबालिकाहरुलाई पनि कोरोनाको नयाँ भेरियन्टले असर गर्न सक्छ भन्ने हल्ला पनि छदंैछ । कोरोना कहर वास्तवमै डरलाग्दो अवश्य छ । किन भने डाक्टर, नर्सदेखि शिक्षकहरुलाई पनि यसले छोडेन । २०७७ मा नेपालमा धेरै परीक्षार्थीहरुले एसईंईंको तयारी गरिरहेका थिए ।

तर अब विद्यालयहरुले स्वःमुल्याङ्कन बिधिबाट विद्यार्थी मल्याङ्कन गर्ने तयारी हुँदैछ । यसले परीक्षार्थीमा मनोवैज्ञानिक असर अवष्य नै परेको छ । लगातार लकडाउनपछी घरमा बसेका विद्यार्थीहरु यस समय उपयोग गर्ने र थप पढाइको लागि समय पाएकोमा खुशी छैनन् ।

विद्यार्थी जीवनको एक महत्वपूर्ण अवस्था हो । विद्यार्थीहरुले धेरै योजना बनाएका हुन्छन् । उनीहरुमा धेरै उत्सुक्ता र प्रश्नहरु हुन्छन् । कसरी आफ्नो करियर विकास गर्ने, कुन बिषय पढ्ने, कहाँ पढ्ने वा कुन कलेज वा विश्व विद्यालय पढ्ने ? आदि । वास्तवमा हो पनि । किनभने जीवनको यस घडीमा योजना बनाउन सकिएन भने जीवन कता लैजाने भन्ने पनि अन्यौल हुन्छ । योजना बनाउन विद्यालयहरुले पनि सिकाउनु पर्दछ र घरले पनि । हरेक विद्यार्थीले यस अवस्थामा योजना बनाएका हुन्छन् ।

त्यही योजना साकार बनाउन पनि परीक्षा महत्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा योजनामा ब्रेक लाग्यो भने पुरै जीवनको बाटो फरक पर्नसक्छ । वास्तवमा शिक्षा क्षेत्रको यति ठूलो संजाल र संरचना बनेको अवस्थामा खासै असर त नपर्ला । तर विद्यार्थीहरुलाई आस्वस्थ पार्न सरकारले अहिलेसम्म केही पनि गरेको छैन ।

जनताको स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, बाटोमा अलपत्र परेका यात्रुहरु चर्चामा आईरहेका छन् । जुन कुरा आवश्यक हो । यस्तै परीक्षा स्थगित भएर घरमा बसेका बिभिन्न तहका विद्यार्थीहरुका बारेमा न संघिय सरकार न प्रदेश सरकार बोलेको छ । अच्चम लाग्छ, के विद्यार्थीहरु देशको भविष्य होइनन् ? एउटा भनाई छ ूऋजष्मिचभल अबलुत धबष्तू त्यसैले बाल बालिकाको शिक्षालाई हेलचक्राँई गर्नु हुदैनथ्यो ।

पहिलो बर्षको कोरोना कहरले विद्यार्थीमा पारेको असरलाई ध्यान दिएर यसबर्ष सुरुमा नै विद्यार्थीको पहूँचमा पुग्नेगरी सुगम जिल्लामा विद्यार्थी इन्टनेटको पहुँच पाउन कोषिश गरेका छन् । सुगमका विद्यालयहरुले विद्यालयहरुमा इन्टरनेटको ब्यवस्था गरेका छन् । यो प्रयास प्रशंसनिय नै छ । गत सालकोभन्दा यस बर्षको भर्चुअल कक्षा केही प्रभावकारी भने अवश्य छ । यो अध्ययनले देखाउला ।

यसबर्ष शैशिक सत्र पनि अन्यौलमा छ । गत बर्ष आषाढ १ गते देखि सुरु भयो । अनलाइन र भर्चुअल विधिबाट कक्षा संचालन गर्न प्रधानमन्त्री र तत्कालिन शिक्षा मन्त्री ज्युले मुखै फोडेर भन्नुभयो । तर कति विद्यालयमा विद्युत्त छ, कतिमा ईन्टरनेट छ ?,

कति विद्यार्थीको घरमा ईन्टरनेट सुविधा छ ? ईन्टरनेटमा विद्यार्थीले के विषयबस्तु हेर्छन् ? अर्थात फेसबुक र युट्युव वा कोर्ष ? भनेर सोचेन । भर्चुअल कक्षा सुरु पनि भयो । तर यसको प्रभावकारीता के भयो भनेर जाँच नै नगरी पुनः स्वःमुल्याङ्कन सुरु भएको छ । कोर्ष कहिं कतै पनि पुरा हुन सकेको अवस्था छै । दुर्गममा त यो हुने कुरै भएन । भएको छैन र भएन । यो कति बैध हुन्छ । यो त भविष्यले नै बताउला ।

यस अवस्थामा स्थानीय तह र सम्बन्धित विद्यालयहरुले कुनै नयाँ विधि अपनाएर ती विद्यार्थीहरुलाई सान्त्वना दिने खालको क्रियाकलापहरु अपनाउन सक्नु पर्दछ । अहिले कतिपय स्थानीय तहहरुले विद्यार्थीलाई एफएम रेडियो वितरण गर्ने काम यस बर्षको बजेटमा पाईयो । यो सह्रायिन विषय हो । कतिपयले विद्यालयमा ईन्टरनेट जडान गर्ने बजेट समेटेका छन् ।

यो पनि राम्रो विषय हो । स्थानीय एफएम रेडियोबाट पढाइ÷सिकाइका गतिविधीहरु संचालन गरिएको छ र तिनै माध्ययमबाट मनोसामाजिक परामर्श दिई राखिएको छ । गाह्रो मानिएकाहरु बिषयहरु जस्तो गणित, बिज्ञान र अंग्रेजी बिषयहरुलाई हरेक दिन एक–दुई घण्टा यसको पढ्ने तरिका र केही अप्ठ्यारा प्रश्नहरुको समाधान सहितको रेडियो कार्यक्रमहरु प्रशारण भएका छन ।

मनोसामाजिक परामर्शको कार्यक्रमहरु पनि प्रशारण गर्ने र परीक्षाको बिषय के भईरहेको छ, परीक्षा हुने संभावित मितिहरु र महामारीको बेला विद्यार्थीहरुको भूमिका र बच्ने उपायहरु प्रशारण भईरहेको छ । उनीहरुलाई हौसला प्रदान गरी रहनका लागि घरमा बाबु–आमाले र बुझेका अन्य परिवारका सदस्यहरुले उनीहरको योजना विचलन हुन नसक्ने कुरा गरिरहेको पनि पाइन्छ । यो सबै गत सालको कोभिडको प्रभावले सिकाएको हो । भनिन्छ “आवश्यक्ता नै आविस्कारको जननी हो ।”

विद्यालयको भूमिका

विद्यालयहरुले यो लकडाउनको अवस्थामा स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्दै लकडाउनको आचारसंहितालाई पालना गर्दै विद्यार्थीको घरदैलो भेटघाट गर्ने गर्नु पर्दथ्यो । विद्यार्थीको घरघरमा गएर आवश्यक कोचिङ्ग–काउन्सेलिङ्ग गर्ने, यो अवस्थासँग नडराउने, पढाइ र अभ्यासलाई निरन्तरता दिने, घरबाहिर नजाने र घरमै बसेर आवश्यक रुटिनसहित पढाइलाई नियमितता दिने जस्ता पढाइका अत्यावश्यक तौरतरिकाहरु सिकाउने कार्य गरिदिएको भए राम्रो हुने थियो ।

जसरी स्वास्थ्यकर्मीलाई पिपिई., ग्लोवस, मास्क र अन्य सेनिटाईजरको ब्यवस्था गरिएको छ, त्यसरी नै घरमै लकडाउनमा बसेका विद्यार्थीहरुलाई परामर्श दिने शिक्षकहरुलाई पनि सोहीबमोजिम ब्यवस्था गरेर कोचिङ्ग काउन्सील गर्ने ब्यवस्था गर्नु पर्दथ्यो ।

सरकारको भूमिका

योबर्ष आएको यो नयाँ भेरियन्टमा गरिएको लकडाउनको अवस्था थपिरहनु पर्दा पनि सरकारले शिक्षा सुधार र यसमा असर नपर्ने र नपार्ने विषयमा बोलेको पाईदैन वा पाईएन । ठिक छ यसले मानव जीवनमा पार्ने नकारात्मक र देशको आर्थिक विकासमा पर्ने असरहरुकाबारेमा अर्थ मन्त्रीहरुलगायत प्रधानमन्त्री ज्युले सम्मले सम्वोधन गरिरहनु भएको छ । यो प्रशंसनीय नै छ ।

शिक्षामन्त्री ज्युले पनि विद्यार्थीको बारेमा चिन्ता ब्यक्त गर्दै यही आषाढ १ गतेदेखि यस बर्षको सेसन सुरु गर्ने भनेर निर्देशन दिनु भएकोमा धन्यबादको पात्र नै हुनुहुन्छ । यति हुँदाहुंदै पनि सरकारले शिक्षा क्षेत्रलाई वास्तवमा लत्याएको नै हो । यसरी लत्याईएको क्षेत्रबाट हामीले कसरी युणस्तरिय उत्पादन दिन वा लिन सक्छौं ? यस आर्थिक बष २०७८÷०७९ मा पनि संघीय सरकारले शिक्षा क्षेत्रलाई जम्मा ११.८८ प्रतिशतमात्र बजेट बि.वनियोजन गर्यो भने प्रदेश र स्थानिय सरकाले त्यो भन्दा पनि कम बजेट छुट्याएको पाईन्छ ।

शिक्षामा जम्मा बजेटको कम्तिमा २० प्रतिशत बजेट आवश्यक हुन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता पनि छ । तर त्यसो हुन सकेन । भर्खरमात्र संघिय, प्रदेश र धेरैजसो (अधिकांश) स्थानीय सरकारहरुले यस आर्थिक बर्षको बजेट ल्याउका छन् । स्वास्थ्य र कृषि क्षेत्र बढी प्राथमिकता परेको देखिन्छ । तर शिक्षालाई पनि पुरानै शैलीमा ल्याउने प्रयास गरिएको छ । तर खुशीको कुरो विद्यार्थीलाई रेडियो वितरण गर्ने, ल्यापटप किन्न ऋण उपलब्ध गराउने र पुर्वाधार पुगेका शैक्षिक संस्थामा इन्टरनेट जडान गर्ने, बाल विकासका सकाको पारिश्रमिक बढाउने जस्ता नीति तथा कार्यक्रम स्वागतयोग्य नै छन् । कोरोना कहरका कारण थला परेको शिक्षा क्षेत्रलाई अनलायन र भर्चुअल विधि लागू गर्न सरकाले देखाएको प्रयासले शिक्षामा अझ प्रगति हुने अवश्य देखिन्छ ।

तपाईको प्रतिक्रिया