अस्ट्रेलियासँगको ३–० को पराजय सम्माजनक हो : हरि खड्का

काठमाडाैं । बलियो प्रतिद्वन्द्वीविरुद्ध अस्ट्रेलियासँग निकालेको ३–० को नतिजा नेपाली फुटबलका लागि सम्मानजनक रुपमा हेरिएको छ ।

कतार विश्वकप छनोट र एसियन कप प्रतियोगिताको छनोटमा नेपालले कुवेत भ्रमण अघिपछिको प्रतियोगिताको भन्दा उपलब्धिमूलक मानिएको छ । समूह तालिकाको चौंथो स्थानमा रहेको नेपालको विश्वकप छनोट यात्रा समाप्त भइसक्दा एसियन कपको झिनो आशा प्लेअफमा रहेको छ ।

दशरथ रंगशालामा हुनु पर्ने अस्ट्रेलिया विरुद्धको खेलमा नेपालले सोमबार तटस्थ स्थल कुवेतको जाबेर अहमद अन्तर्राष्ट्रिय रंगशालाको दोस्रो लेगमा पनि नेपालले सुखद नतिजा निकाल्न असफल रह्यो।

नियमित स्ट्राइर अञ्जन विष्ट र मिडफिल्डर सन्तोष तामाङलाई आराम दिइएको खेलमा नेपालले गरेको प्रदर्शनलाई सबैले तारिफ गरे। छनोटको अन्तिम खेलमा नेपालले सुखद नतिजाका लागि अपेक्षा गरे पनि बलियो प्रतिद्वन्द्वीसामु नेपाल निरीह नै भयो। भरपर्दा रक्षक रोहित चन्दले करियरकै पहिलो रातो कार्डको दर्शन गर्न पुगे। यद्यपि नेपाली टोलीका पूर्वखेलाडी हरि खड्काले अस्ट्रेलियासँगको ३–० को पराजय सम्माजनक भएको टिप्पणी गरे।

कोरोना महामारीले पूर्व निर्धारित तालिका भन्दा पछि धकेलिएको छनोट प्रतियोगितामा नेपालले कुवेत भ्रमण गर्ने क्रममा पहिलो खेलमा चाइनिज ताइपेइविरुद्ध जितको लयलाई निरन्तरता दिए पनि जोर्डनसँग पराजित हुनपुग्यो।

अस्ट्रेलियासँगको हारको निरन्तरतालाई भंग गर्ने नेपालको लक्ष्य अधुरै रह्यो। नेपालले अघिल्ला भेटमा कुवेत भ्रमणमा सुधारिएको प्रदर्शन गरेको नेपाली महिला टोली प्रशिक्षकसमेत रहेका हरि खड्काले बताए।

छनोट चरणका अन्तिम प्रतिस्पर्धाका लागि कुवेत प्रस्थान गर्नु अघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। समूह बी मा नेपालले आठौं खेल पूरा गर्दा छैठौं हार भोगे पनि यस पटक नेपाली टोलीको प्रदर्शनलाई सबैले प्रशंसा गरेका छन्।

पूर्वप्रशिक्षक योहान कालिनले टोली नसम्हाल्ने भएपछि आएका कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुतारीले युवा खेलाडीलाई बढी प्राथमिकता दिए। नेपालमा अलमुताइरीको आगमनसँगै पहिलो फुटबल फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा सम्पन्न हुनु र आफ्नो तरिकाको फुटबल खेलाउन प्रशिक्षक अलमुताइरीलाई उक्त प्रतियोगिताले खेलाडी छनोटका लागि सहयोग गरेकाले नेपालको खेलमा परिवर्तन देखिएको हरि खड्काले थपे।

शुक्रबारको जितसँगै समूह तालिकाको शीर्ष स्थानमा रहेको अस्ट्रेलिया तेस्रो चरण प्रवेश गर्न बलियो अवस्थामा रहेको छ। जोर्डनसँगको हारले नेपालको २०२३ मा चीनमा हुने एसिया कपको लागि सीधै तेस्रो चरणको प्लेअफ खेल्ने सम्भावना लगभग सकिएको छ भने नेपालले अब एसिया कपका लागि तेस्रो चरण छनोटमा पुग्न प्लेअफ खेल्नुपर्ने छ।

तपाईको प्रतिक्रिया