स्वास्थ्य सामाग्री सहयोग

प्रचण्ड खत्री 

रुकुमपश्चिम  । नेपालि कांग्रेस रुकुम क्यालीफोर्निया , टेक्सास जनसम्पर्क समितिले बाफिकोट गाउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रोजगारीको शिलशिलामा अमेरिकाको टेक्सास र क्यालीफोर्नियामा पुगेका रुकुममेली युवाहरुले सहयोग गरेको नेपालि कांग्रेसका रुकुमपश्चिमका युबा नेता जनककुमार बाठामगरले जानकारि दिए ।

विदेशमा बसेका नेपालिहरुले आफ्नो गाउ ठाउका स्थानीय बासिन्दाहरु मृत्युको खबर सुनेपछि र कोरोणा महामारी फैलिरहेको बेला आफ्नो तलबबाट बचत गरि नेपालि कांग्रेस रुकुम क्यालीफोर्निया जनसम्पर्क समितिले ४ लाख २५ हजार सहयोग गरेको युबा सभापति बिनोद पुनले बताए । नागरिक दैनिकमा कार्यरत पत्रकार लोकेन्द्र खनालले पहल गरि उक्त स्वास्थ्य सामाग्री गाउपालिका पठाएको बताए ।

पत्रकार लोकेन्द्र खनालका अनुसार बाफिकोट गाउपालिकालाई एन्टिजेन किट ४ सय पिस , सर्जिकल माक्स १२ हजार ५ सय , भिटामिन सी १० हजार ट्याब्लेट , पिपिसी सेट ३० सेट , अक्सोमिटर १२ वटा र डिजिटल थर्मल १५ गरि ४ लाख २७ हजार बराबरको स्वास्थ्य सामाग्री पठाएको बताए ।

बाफिकोट गाउपालिकालाई स्वास्थ्य सामाग्री पठाएको र सानीभेरी गाउपालिका र आठबिसकोट नगरपालिकाको लागि तयारि भैरहेको पत्रकार खनालले बताए ।

नेपालि कांग्रेस टेक्सास जनसम्पर्क समितिका सभापति मनबहादुर कुसारिका अनुसार जन्मभूमिका निम्ति टेक्सास बासीले थोरै भएपनि सहयोग गरेको बताए । उनीहरुले केहि महिनाको तलबबाट जन्मभूमिलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।

तपाईको प्रतिक्रिया