रुकुमपश्चिमको आठबिसकोटमा मालबाहाक ट्याक्टर दुर्घटना

प्रचण्ड खत्री 

रुकुमपश्चिम । रुकुम पशिमको आठबिसकोट नगरपालिका वडा नम्बर १४ को टिमुरचौरमा ट्याक्टर दुर्घटना भएको छ ।
हिजो राति ८ बजेतिर गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पशिमले जनाएको छ ।

जाजरकोट खलंगाबाट आठबिसकोटको राडी हुदै बाफिकोट गाउपालिका वडा नम्बरको ४ एक पसलको को लागि चामल, नुन, तेल र खाद्यान्न लिएर हिडेको गाडी ब्रेक फेल भएर ठुलीभेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पशिमका प्रहरी निरीक्षक तथा सुचना अधिकारि कपिल शाहीले जानकारि दिएका छन ।

रा १ त ३१०७ नम्बर ट्याक्टर २ सय मिटर तल भेरीनदीको किनारमा पुगेको बताएको छ । दुर्घटनामा भने मानबिय क्षेति भएको छैन । ड्राइभर भने हाम फालेर बाच्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया