दुखलाई जितेकी पुजा

हरेक व्यक्तिका आफ्नै सपना हुन्छन् । तर ती सपनाहरु सजहै पूरा भने हुँदैनन् । आफ्ना सपना पूरा गर्न मानिसले धेरै संघर्ष गर्नुपर्छ । महनत गर्दा पनि अवरोध आउँछन् । सानैमा बुवालाई गुमाउनु पर्दा । अनि आफ्नो पढाइलाई बिचैमा बे्रक लगाउँनुपर्ने अवस्था आउँदा कस्तो हुन्छ होला ? हो, यस्तै पीडाहरुलाई छिचोल्दै सफलतामा पुग्न सफल व्यक्ती हुुन् पुजा सिंह । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ चिसापानीमा उनको जन्म भयो । उनले जीवनमा धेरै दुख गरिन् । हाल एक सफल व्यवसायीको रुपमा चिनिन सफल उनै सिंहसँग आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

                    पुजा सिंह संचालक, पुजा सब्जी मण्डी पसल, सुर्खेत

सानैमा बुवा गुमाइन्

बुवा खगेन्द्रबहादुर सिंह र आमा लालकुमारी सिंहको काेखबाट वि.स. २०४२ जेठ २९ गते पुजा सिंह ठकुरीको जन्म सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ मा भयो । उनले कक्षा ८ सम्म चिसापानीकै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढिन् ।

कक्षा ९ र १० भने उनले जन उच्च माध्यमिक विद्यालयमा पढेकी हुन् । तर उनको अध्यन त्यँही नै गएर ब्रेक लाग्यो । अर्थात उनले आफ्नै पढाइलाई अगाडि बढाउन सकिनन् । पढ्न नपाउने केही कारणहरु थिए । उनी १३ बर्षको हुँदा पुजाको बुवाको निधन भयो । घरको समस्याका कारण पनि उनले आफ्नोे पढाइलाई निरन्तरता दिन पाइनन् । अनि उनले बिवाह गरिन् । तर पनि बिवाहपछि उनलाई धेरै दुख र पीडाका दिन शुरु भए ।

सुखको खोजीमा भौंतारिदा

पुजाले १७ बर्षको उमेरमा बिवाह गरिन् । २०५९ सालमा बिवाह गरेकी उनको २०६३ सालमा छोरा जन्मिए । तर उनले कहिले पनि शान्तससँग बस्न पाइनन् । दुखैले दिनहरु कटाइन् । उनका श्रीमान दोस्रो बिवाह गरेपछि उनीप्रति घरपरिवारमा फरक व्यवहार हुन थाल्यो । माइती परिवारमा पनि बुवा स्वर्गीय हुनुभएको पीडा छुट्टै थियो । आफ्नो छोरासहित उनी माइती परिवारमै फर्किने निर्णयमा पुगिन् । हरेक ठाउँमा दुख र पीडा उनको जीवनमा भइरह्यो । एकातिर छोरालाई पालनपोषण गनुपर्ने, अर्कोतिर आफ्नो जीवनलाई सहज बनाउनुपर्ने अवस्था थियो ।

सानो उमेरमा सुखले रमाएकी उनलाई किशोरा अवस्थादेखि पनि सुखको अनुभुती नै भएन । उनी दुखलाई आफ्नो सारथी बनाइसकेकी थिइन् । सुखको खोजीमा उनी भौतारिरहेकी थिइन् । उनले आफ्नो जिविकोपार्जनको लागि कामहरु पनि खोजिन् । माइती परिवारलाई धेरै टर्चर दिनुहुन्न भन्ने पुजाले सोच्थिन् ।

उनको माइती परिवार पहिलेदेखि नै व्यवसायिक पृष्ठभुमीको थियो । उनको आमाको सल्लाह अनुसार उनले व्यवसाय गर्ने निर्णयमा पुगिन् । अहिले सुर्खेतमा पुजा सब्जी मण्डी पसलको संचालकको रुपमा उनी परिचित छन् । उनको मण्डीमा कर्णाली प्रदेशका विभिन्न ठाउँहरुबाट तरकारी आउने गर्दछ ।

बाल्यकाल

पुजा घरको जेठी छोरी हुन् । उनको परिवार ठुलो थियो । उनका चारभाई बहिनी थिए । बाल्यकाल उनको सुखले नै वित्यो । उनको बुवाले होटेल व्यवसाय गर्थे । परिवारमा धेरै भएकाले उनको बाल्यकालमा दुखको अनुभुती भएको थिएन ।

विद्यालय जाने, साँझबिहान घरमा बुवाआमालाई सघाउने, साथीहरुसँग खेल्ने गरेरै उनको बाल्यकाल वित्यो । रिसालु स्वभावकी उनी सबैलाई माया भने गर्थिन् । त्यही माया गर्ने स्वभाव र रिसालु स्वभावकै कारण उनलाई गाउँकाले कहिले माया गर्थे भने कहिले राम्रो मान्दैन्थे ।

परिवारको साथ

उनलाई सानोमा माइती परिवारले पढाउनु पर्छ, ठुलो मान्छे बनाउनुपर्छ भनेर सोच्थे । तर विभिन्न अवरोधका कारण उनले पढाइलाई निरन्तरता दिन नपाए पनि उनलाई यहाँसम्म आउन धेरै साथ माइती परिवाबाट पाइन् । उती अहिले सम्झिन्छिन्, यदी माइतीमा आमा र दाईभाइले साथ नदिएको भए कसरी व्यवसायमा सफल हुन्थे हाला ।

जीवनमा संघर्ष

उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । बाल्यकालमा त्यती दुख नगरेको भए पनि बिवाहपछि भने उनले धेरै दुख गर्नुपर्यो । आफ्नो घर व्यवहार र १३ बर्षको उमेरमै बुवा गुमाउनुपर्यो । जीवनलाई अझै संघर्षमय बनाउँदै उनले हारिनन् । मेहेनत गर्दै सकारात्मक सोचका साथ अहिले सफल व्यवसायी बनिन् ।

अहिले उनका आठ वटा गाडीहरु छन् । ५/६ ठाउँमा व्यवसाय छ । उनलाई अहिले कुनै पनि अभाव छैन । उनी सम्झिन्छिनु, यदी मैले संघर्ष नगरेको भए, बिचमै अलमलिएको भए, अहिलेको अवस्थामा आउन सक्ने थिएन होला । उनले जीवनलाई संघर्षमय बनाउन सके एकदिन अवश्य सफल हुन सकिने बताउछिन् । अरुको आश नगरेर आफ्नो जुन पेसा हो, त्यसलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ । अरुलाई पनि संघर्ष गर्न सुझाव दिन्छन् । सकरात्मक दिशामा संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।

भावी योजना

उनको भावी योजना महत्वकाँंक्षी रुपमा केही छैन । अब अहिलेकै व्यवसायलाई निरन्तरता दिने उनको सोच छ । यही व्यवसायले जीवनमा सफल भएको उदाहरणिय बन्न उनको धोको छ । उनको महत्वपूर्ण कुरा भनेको आफ्नो छोरालाई अध्यनशिल र सफल बनाउने ठुलो मान्छे बनाएर समाज सेवामा लगाउने सोचमा पुजा छन् ।

तपाईको प्रतिक्रिया