‘ग्रामीण क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउन समाज सेवामा लागें’

मानिसका धेरै सपना हुन्छन् । कतिपय देखेर र कतिपय सुनेर पनि सपनाहरु बुनिन्छन् । यही क्रममा गन्तव्य पहिल्याउन कयौं अन्यौंलता उत्पन्न हुन्छ । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ गर्चामा जन्मिएका प्रेमबहादुर खड्काले सानैदेखि समाजसेवा लिने लक्ष्य लिए । त्यही लक्ष्यअनुसार उनी समाज सेवामा लागिरहेका छन । अहिले उनी राजनितिक क्षेत्रमा क्रियासिल पनि छन । उनीले जीवनमा धेरै संघर्षहरु गर्नुपर्यो । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै खड्कासँग कुराकानी गरेका छन । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

प्रेमबहादुर खड्का
समाजसेवी

सानैदेखी मेहनती

बुवा कर्ण बहादुर खड्का र आमा दोरपती खड्काको कोखबाट वि.स २०२८ सालमा प्रेम बहादुर खड्काको जन्म भएको हो । उनी दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ गर्चामा जन्मिएका हुन् । उनले कालिका प्राथमिक विद्यालय गर्चामा कक्षा ५ कक्षासम्म अध्ययन गरे ।

कक्षा ६ देखि भने उनले सुर्खेत वीरेन्द्रनगर १६ मेहेलीको आदर्स मावीमा पढेका हुन । एसएलसी त्यही मावीबाट गरेका उनले सुर्खेतको शिक्षा क्याम्पसबाट २०५३ सालमा प्लस २ गरे । भने व्यचलर र मास्टर्स बाँकेको महेन्द्र बहुमुखी क्याम्पसबाट गरेका हुन ।

उनको बुवा आमाले जसरी भएपनि छोरालाई पढाउन चाहान्थे । उनी सानैदेखिका मेहनती थिए । तर उनको लक्ष्य भनेको ग्रामीण क्षेत्रको विकास र आर्थिक समृद्धि हासील गर्नु थियो । त्यही अनुसार उनले ग्रामीण विकास विषयमा नै उच्च शिक्षा समेत गरे ।

विभिन्न माध्यमबाट समाज सेवा

उनी सामान्य कृषकको परिवारमा जन्मिए । कृषिमा दुख र मेहेनत धेरै गर्नुपर्ने आम्दानी थोरै लिने गाउँका सबै किसानको समस्या समाधान गर्नुपर्छ भन्ने उनले सोच बनाइरहन्थे । उनले सरकारी जागिरीमा नाम पनि निकाले । तर उनले त्यो जागिरीबाट समग्र समाजको आर्थिक वृद्धि र समाज रुपान्तरण गर्न सकिन्न भन्ने सोचका साथ उक्त सरकारी जागिरीमा गएनन ।

उनले सामाजिक ग्रामीण स्वाबलम्बन केन्द्र नामक परियोजनामा उनले लामो समय काम गरे । त्यसबाट कृषकहरुलाई व्यवसायिक र आत्मनिर्भर कसरी बनाउने ? आर्थिक विकाससँगै गाउँको समग्र विकास कसरी गर्ने भन्ने विषयमा गाउँ गाउँका कृषकहरुलाई आत्मनिर्भरताको बाटोमा लिनेगरी काम गरे ।

११ बर्ष त्यसैमा काम गरेका उनले नागरिकहरुका समस्या भित्रि रुपमा बुझ्ने मौका पाए । प्रेमले जती भित्रि रुपमा बुझ्दै गए अझै धेरै ग्रामीण जनताको समस्या देखे । र उनि निरन्तर ति समस्या समाधानको लागि लागे । धेरै हदसम्म परिवर्तन भएको महसुस पनि उनले गरे । अनि उनि ८ बर्ष अर्को परियोजना अन्तरगत मानिसहरुलाई सीप सिकाएर उद्यमी बनाउनेगरी काम गरे ।

फिल्ड लेवलबाट काम शुरु गरेका उनले अफिसर लेवलसम्म काम गरे । तर ग्रामीण जनताको समस्या विक्राल भएको पाएपछि उनले आफुले समाजमा देखेका समस्या समाधानको लागि नीति नै परिवर्तनको आवश्यकता ठाने । उनि राजनिति क्षेत्रमा प्रवेश गरे । अहिले राजनितिक क्षेत्रमा रहेका उनले समाज रुपान्तरणको लागि नै लागि रहेका छन । उनि दैलेख जिल्लाको नेकपा एमालेको जिल्ला कमिटी सदस्य पनि हुन ।

बाल्यकाल

खड्का गाउँमा जन्मिए । उनले घरको काम गर्दै पढाइलाई निरन्तरता दिए । घरको आर्थिक अवस्था मध्यम खालको थियो । उनको बुवा कृषि गर्दथे । उनी बिहान विद्यालय पढ्न जाँदा गाइबाख्रा लिएर जान्थे । साझ विद्यालयबाट फर्किदा गाईबाख्रासँगै वस्तुभाऊलाई खुवाउने घाँस लिएर आउँथे । साझ र बिहान घरको सबै काम गर्न पनि भ्याउँथे ।

बाल्यकालदेखि नै उनी समाजलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने स्वभावका थिए । गम्भिरस्ववभावका उनि राजनिती क्षेत्रसँगै साथीहरुसँग घुम्ने, गित संगितमा रुची पनि राख्थे । उनले नेपालगंजबाट एउटा देउडा गितको एल्बम गित समेत गाएका छन ।

परिवारको साथ

प्रेम बहादुर खड्का घरको कान्छो छोरा हुन् । उनका पाँच भाइबहिनीहरु थिए । उनका बुवा आमाले धेरै दुख गरेर उनलाई पढाएका हुन । उनका बुवा आमाले घर धान्न सक्ने अवस्था कमजोर भएपछि उनले बिवाह समेत गरे । खड्काकी जीवन साथीले धेरै साथ दिएर उनले पढाइलाई निरन्तरता दिन सके । उनि अहिले सम्झन्छन, “यदी मेरो आमा बुवा र श्रीमती नभएको भए मैले पढाइलाई निरन्तरता दिन सक्ने थिएन होला ।’

जीवनमा संघर्ष

उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । उनको गाउँबाट पढ्न जान र आउन दुई घण्टा हिँड्नुपथ्र्यो । आर्थिक अवस्था पनि खासै राम्रो थिएन । घरको कामसँगै पढाइ खर्च जुटाउन बुवालाई समस्या थियो । उनले जीवनमा धेरै संघर्ष गर्दै पढे । सामाजिक क्षेत्रमा लामो समय काम गरेका उनी अहिले राजनितिमा छन भने आफ्ना छोराहरुलाई राम्रो शिक्षा दिएर उद्यमी बनाएका छन ।

उनले जीवनलाई संघर्षमय बनाउन सके मात्र सफल हुन सकिने बताउछन् । संघर्षले नै मानिसलाई सफलतामा लैजाने उनको भनाइ छ । अरुलाई पनि संघर्ष गर्न सुझाव दिन्छन् । उनले जीवनमा फजुल सयम खेर फाल्ने काम गर्न नहुने सुझाव दिन्छन । उनले युवाहरुलाई विदेशमा गर्ने मेहेनत स्वदेशमै गर्नुपर्ने बताउछन । उनको नजरमा स्वदेशमा पनि धेरै सम्भावना छन ।

भावी योजना

करिव २० वर्ष सामाजिक क्षेत्रमै रहेका उनी अहिले राजनितिक क्षेत्रमा छन् । उनको भावी योजना भनेको राजनितीबाट समाज रुपान्तरण गर्ने हो । उनलाई व्यक्तीगत लाभ केही छैन । उनिले समाजमा रहेको गरिबी र विभेद सधैको लागि अन्त्य गर्नेगरी लाग्ने बताउछन ।

तपाईको प्रतिक्रिया