एजेन्सी । कोरोना महामारीबीच निर्वाचन गराएको भारतको चुनाव आयोगविरुद्ध नागरिकहरूले कडा आक्रोश पोखेका छन् ।
उनीहरूले आयोगविरुद्ध हत्या अभियोग चलाउनुपर्ने सम्मका माग राखेका हुन् । भारतमा केन्द्र शासित एक र चार राज्यमा चुनाव भइरहेको छ ।
८२२ विधानसभा सीटका लागि खसेको मत आजदेखि गणना गरिँदैछ ।
महामारीमा पूरै देश जकडिएको र हरेक दिन हजारौं मानिसले औषधि अभावमा ज्यान गुमाइरहँदा भारतमा मतगणना थाल्न लागिएको हो ।
महामारीकै बीच र्याली निकाल्न दिएर निर्वाचन गराएको भन्दै चुनाव आयोगको तिखो आलोचना भइरहेको छ।
युग संवाददाता । । १९ बैशाख २०७८, आईतवार १५:४०