रियल र ओसासुना भिड्दै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले आज ओसासुनासँग प्रतिस्पर्धा गर्दैछ । रियलले घरेलु मैदानमा ओसासुनासँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा रियल जित निकाल्दै शीर्ष स्थानको टिमविरुद्ध दबाब कायम राख्न चाहन्छ । रियल ३३ खेलमा ७१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओसासुना ४० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।रियल शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ ।

एट्लेटिको ७३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एट्लेटिकोले आज इल्चेसँग खेल्नेछ । इल्चे ३० अंक जोडेर १८ औं स्थानमा रहेको छ । ला लिगा अन्तर्गत नै अर्को खेलमा हुएस्का र रियल सोसिडाडबीच प्रतिस्पर्धा हुनेछ । इबर र डिपोर्टिभो अल्भेसबीच समेत प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया