भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहितको मृत्यु

एजेन्सी । काठमाडौं : भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार रोहित शरदानाको मृत्यु भएको छ । ४१ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको हो।बिहीबार राति शरीरमा असहज महसुस भई उनी नोयडा अस्पतालमा भर्ना भएका थिए ।

केही दिनअघि उनलाई कोभिड संक्रमण पुष्टि भएको थियो । ‘संक्रमणमुक्त भई कार्यालयमा हौसला प्रदान गरिरहेका थिए,’ आजतकले उल्लेख गरेको छ,’उनकाे परिवारमा श्रीमतीसहित दुई छोरी छन् ।’

तपाईको प्रतिक्रिया