आइपीएलमा विदेशी खेलाडीहरु खेल छाडेर घर फर्किन थाले

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न भारत पुगेका विदेशी खेलाडीहरू धमाधम घर फर्किन थालेका छन् ।

भारतमा कोरोनाको दोस्रो लहर चरम सीमामा पुगेको कारण केही खेलाडीहरु खेल छाडेर आफ्नो घर फर्किन थालेका हुन् । आइपीएल छाड्ने अष्ट्रेलियन खेलाडीहरुमा रोयल च्यालेन्जर्स बेंगलोरका एडम जाम्पा, केन रिचार्डसन र राजस्थानका एन्ड्र्यु टाइ रहेका छन् ।

भारतीय खेलाडी दिल्लीका रविचन्द्रन अश्विनले पारिवारिक कारण देखाई खेल छाडेका छन् । उनले आफ्नो परिवार कोरोनाले जुधिरहेको भन्दै खेल छाडेको घोषणा गरेका हुन्।

प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोर आमनेसामने हुँदैछन् ।

तपाईको प्रतिक्रिया