काठमाडौं : नेपाली पप गायक नितेशजंग कुँवरले संगीत यात्राबाट बिदा लिने भएका छन् ।
छुट्टै गायन शैली प्रस्तुती दिएर युवापुस्ता माझ चर्चित बनेका कुँवरले सामाजिक संजालमा स्टाटस लेख्दै आफू नेपाली सांगीतिक क्षेत्रको निष्कर्षमा पुगेको बताएका छन् ।
‘प्यारा साथीहरू, मलाई विश्वास छ कि मेरो नेपाली संगीत यात्रा निष्कर्षमा पुगेको छ’, उनी लेख्छन्, ‘म तपाइहरू सबैलाई धन्यवाद दिन चाहन्छु। स्वस्थ रहनुहोस् र नम्र हुनुहोस् ।’
युग संवाददाता । । १४ बैशाख २०७८, मंगलवार १६:१८