काठमाडौं : तेस्रो मुलुक जान नेपालस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन खोजेका विदेशी अब रोकिने भएका छन् ।
अध्यागमन विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य मुलुक जानेलाई प्रतिबन्ध लगाएको हो । विभागका अनुसार वैशाख १५ गते राति १२ बजे यो रोक लाग्नेछ ।
छिमेकी मुलुक भारतलगायत देशबाट अन्य मुलुकमा साेझै उडान भर्न नपाउने भएपछि काठमाडाैंलाई ट्रान्जिट बनाएर जानेकाे संख्या पछिल्लाे दिन बढ्दै गएकाे थियाे ।
जसका कारण काठमाडाैंबाट हुने उडानलाई समेत अन्य मुलुकले शंकाकाे दृष्टिले हेर्न थालेका कारण यस्ताे प्रतिबन्ध लगाउन माग उठ्दै आएकाे थियाे ।
तर, विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जान साविकबमोजिम नै नियमित रहने विभागले जानकारी दिएको छ ।
युग संवाददाता । । १४ बैशाख २०७८, मंगलवार १६:१२