बैषाख ३ गतेको घटनाले कर्णालीमा भगौडाको सरकार बन्यो: कँडेल

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले कर्णाली प्रदेश सभाको सातौ अधिवेशनको दाेस्रो बैठकमा बोल्दै कर्णाली सरकारमा भगौडाको सरकार भएको बताए ।

बैषाख ३ गते भएको सातौ अधिवेशनको पहिलो बैठकमा घटेको घटानाले कर्णाली सरकारमा भगौडाहरुको इन्ट्रि भएको बताए ।

उनले भने ‘भगौडाहरुलाइ पुुरस्कार गर्ने सरकार भनेको पहिलो सरकार कुन हो भनेर भन्दा कर्णाली सरकार हो भनेर भन्ने अवस्था हो ।’ उनले थपे ‘फ्लोर क्रस गरेर मन्त्री बनेको सासंदलाइ बाहिरी जनाताले नमस्कार मन्त्री ज्यू भनेर सम्मान गरेपनि उनिहरुलाइ भित्री रुपमा जनताले बुझिसकेका छन् ।’

तपाईको प्रतिक्रिया