काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ। यस अवधिमा ३१ सय २२ जनामा संक्रमण भेटिएको छ ।
यही अवधिमा ४ सय ५० संक्रमणपछि मुक्त भएका छन् । हिजो मात्र कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो ।
हाल नेपालमा १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन् । मृत्यु हुनेदर बाँकेमा सबैभन्दा धेरै छ । बाँकेमा मात्रै पछिल्लो २४ घण्टाको अवधिमा सात जनाको मृत्यु भएको छ ।
युग संवाददाता । । १२ बैशाख २०७८, आईतवार १८:३०