मकवानपुरमा छोराले बञ्चरो प्रहार गरेर आफ्नै बाबुको हत्या गरेका छन् । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३, कटुञ्जेमा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको हो ।
३० वर्षीय छोरा अन्जन सापकोटाले उनको टाउकोमा बञ्चरो प्रहार गरेको र बाबुको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीका अनुसार आइतबार बिहान कुराकानीका क्रममा विवाद हुँदा छोराले बञ्चरोले बाबुलाई हानेका हुन् ।
बञ्चरो प्रहार गरी बाबुको हत्या गर्ने अन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भार्ताको टोलीले बञ्चरोसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
युग संवाददाता । । १२ बैशाख २०७८, आईतवार १५:४१