ब्रुस ली : चमत्कारिक जीवन, रहस्यमयी मृत्यु

ब्रुस ली : चमत्कारिक जीवन, रहस्यमयी मृत्यु

ब्रुस लि । यो नामसँग विश्व परिचित छ । कसले चिन्दैन मार्सल आर्टका यी उस्ताजलाई ? जबकि यो चिनारी उनले छोटो उमेरमा बनाएका थिए । किनभने ब्रुस लीको मृत्यु त्यसबेला भयो, जतिबेला उनको उमेर मात्र ३२ बर्षको थियो । सन् १९७३ जुलाई २० मा ।

ब्रुस लीको ख्याती जति चमत्कारिक छ, उत्तिनै रहस्यमयी छ उनको मृत्यु । मार्सल आर्ट कलाकार एवं हलिउड अभिनेता ब्रुस ली कसरी अल्पायुमै बिते ?

ब्रुस लीको मृत्यु हुँदा उनकी छोरी शानोन ली चार बर्षकी मात्र थिइन् । आफ्ना पितासँग विताएको क्षणहरुलाई स्मरणिय राख्न उनले एक वृत्तचित्र बनाएकी थिइन् । शानोनले त्यसबखत ब्रुस लीसँग जोडिएको केही कुरा बिबिसीसँग साझेदार गरेकी थिइन् ।

बिबिसीसँग शानेनेले भनेकी छिन्, ‘मलाई त्यस्तो धेरै त केही याद छैन । आफ्नो घरको आँगनमा उनीसँग खेलेको सम्झना छ । हङकङमा हाम्रो अलग्गै घर थियो, जुन त्यहाँको लागि ठूलो कुरा थियो । मार्शल आर्ट बिना हाम्रो घरमा बस्नु असंभव थियो । उनी हामीलाई लात–मुक्का हान्न सिकाउथे । हामी कुस्ती एकदमै धेरै खेल्थ्यौं । मेरो पितालाई लाग्थ्यो कि बच्चाका लागि जूडो एकदमै उपयुक्त हो ।’

तपाईको प्रतिक्रिया