अमेरिकाकी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको निधन

एजेन्सी । अमेरिकी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको सोमबार निधन भएको छ । सो कुराको जानकारी उनका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराएका अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनी अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए। त्यसैगरी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनित पनि भएका थिए ।

मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र सोमबार निधन उनको परिवारले जनाएको छ । उनी उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर थिए । उनी १२ वर्ष सम्म अमेरिकाको सिनेटर भएका थिए ।

अमेरिकाको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उनले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गरेका थिए । उनी अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा जापानका लागि अमेरिकी राजदूत पनि भएका थिए । मान्डाले ९३ वर्षका थिए ।

तपाईको प्रतिक्रिया