चलचित्र प्रेमगञ्जका लागि छानिइन् सम्पदा बानियाँ

काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ को मुख्य कलाकारमा नायिका सम्पदा बानियाँ छनोट भएकी छन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र प्रेमगञ्जका लागि नायक तेज गिरी र नायिकामा बेनिशा हमाल यसअघि नै छनोट भइसकेका छन् । परिच्छेद सेनले निर्देशन गर्ने चलचित्रमा सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाल अडिसनबाट छानिसकेका छन् ।

यस चलचित्रमा शिशिर राणा, रश्मी भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी आदिको अभिनय रहने छ निर्देशक सेनले बताए । चलचित्रमा सञ्जय लामाले छायांकन गर्ने छन् ।

२५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा स्पोट ब्वाइको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । चलचित्र बैशाख पहिलो सातादेखि छायांकन हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया