दैलेखमा जिप दुर्घटना हुँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

दैलेख, २१ मंसिर ।

दैलेखमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सुर्खेतबाट जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका लागि छुटेको लु १ च ७५०४ नम्बरको बोलेरो जिप चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बुडेयौली पालिकान्यामा दुर्घटना भएको हो ।

साङ्गेतडा–पाल्त सडक खण्डमा आइतबार दिउँसो जिप दुर्घटना भएको प्रहरी चौकी चामुण्डाबिन्द्रासैनीले जानकारी दिएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र एम्बुलेन्समार्फत उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरी चौकी चामुण्डाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया