सल्यानमा पहिरो जाँदा सडक अवरुद्ध

दुर्गा विसी ।

सल्यान, २१ असार ।

सल्यानको सल्लि चौहरजारी सडक खण्ड वर्षातका कारण आएको पहिरोले सडक पुरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरुलाई आवत जावतमा समस्या भएको छ ।

सल्लि चौहरजारी सडक खण्डको कुमाख गाउँपालिकाको वडा २ नजिकै खारखोला र वराइजिउलामा पहिरोले सडक पुरिएको स्थानीय देवेन्द्र रावतले बताए । पहिरोले सडक नै भासिएपछि कुमाख गाउँपालिका सल्यान, रुकुम पश्चिम चौहरजारीमा रहेको सडक डिभिजन कार्यालयका साथै चौहरजारी नगरपालिका पनि बेखर जस्तै बनेको छन् ।

सडक सुचारू तर्फ कसैले चासो नदिदा स्थानीयलाई आवज जावतमा कठिनाइ भएको छ । पैदल हिड्ने बाटो समेत नभएको रावतको भनाइ छ । उक्त सडकको ट्र्याक खोलिएको करिव दुई दशक वित्न थाल्यो तर कुमाखको स्यानिपिपलि मर्मजिउलाको खोला र बनगाड खोलाको नाथेखोलामा पक्कि पुल नबन्दा वषर्नी नागरिकले दुख खेपिरहेका छन् । वर्षातमा सडक हिलाम्मे हुँदा गाडीहरु चल्न कठिनार्इ हुने गरेको छ भने दुई खोलामा पानिको सतह बढे पछि सवारी साधन ठप्प हुने गर्छन् ।

तपाईको प्रतिक्रिया