दुई हजार क्वीन्टल खाद्यान्न थप

हुम्ला, १४ असार ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा हिमाली जिल्ला हुम्लाका लागि आगामी दसैँसम्म पु¥याउन भन्दै थप खाद्यान्न कोटा स्वीकृत भएको छ । जिल्ला खाद्य व्यवस्थापन समितिको निर्णय भई माग भए बमोजिम कोटा स्वीकृत नभए पनि हाललाई दुई हजार क्वीन्टल खाद्यान्न थप भएको हो ।

लिमिटेडको सञ्चालन समितिबाट हुम्ला जिल्लाका लागि दुई हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको हुम्ला शाखाका प्रमुख राम बहादुर बिष्टले बताए । माग बढी भएपनि हाललाई दुई हजार क्वीन्टल कोटा खाद्यान्न स्वीकृत भएकोले र सो खाद्यान्न सुर्खेत र नेपालगञ्जबाट ढुवानी पनि सुरु भएको छ । तारा, सीता र समिट एयरका जहाजहरुले थप कोटाको खाद्यान्न ढुवानी सुरु गरेका छन् ।

अब नयाँ ढुवानी भएर आउने खाद्यान्न मध्य एक हजार क्वीन्टल नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रमा जाने र बाँकी सिमकोट शाखाका लागि ढुवानी हुने बताउँदै उनले उक्त खाद्यान्नबाट आगामी दसैँसम्म व्यवस्था गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया