सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध, पहिराे हटाइदै

सुर्खेत, ११ असार । पहिरो खस्दा अवरुद्ध भएको सुर्खेत–दैलेख सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । गएराति परेको वर्षाका कारण वीरेन्द्रनगर वडा नम्बर १४ छेडामा विहान साढे पाँच बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

स्थानीय कामदारले पहिरो पन्छाए पछि अहिले एकतर्फी रुपमा साना गाडी र मोटरसाइकल चलेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । उहाँले पहिरो ठुलो गएकाले जेसिवी नै लगाएर पहिरो पन्छाउनु पर्ने बताउनु भयो । रेग्मीले जेसिवी आउन ढिलो गरेकाले पहिरो पन्छाउन समय लागेको जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया