चार स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना संक्रमण

सुर्खेत, ११ असार ।
कर्णाली प्रदेशमा चारजना स्वास्थ्यकर्मीसहित थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार २० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण अनुसार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ३५ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधवार कोरोना पुष्टी भएकामध्ये सुर्खेतका १३, दैलेखका ३, जाजरकोट, कालिकोट, दाङ र धनुषका एक एक जना, जुम्लाका ४ जना स्वास्थ्यकर्मी (२ महिला, २ पुरुष), रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक एक जना व्यक्ति रहेका छन् । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टीपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्र सिल गरिएको छ ।

जुम्ला सदरमुकाम क्षेत्र निषेधाज्ञा जारी गरिएको छ । यस्तै बुधवार आठ जनाले कोरोनाबाट निको हुनेको संख्या पाँच सय ६८ पुगेको छ ।

तपाईको प्रतिक्रिया