‘कर्णाली साहित्य महोत्सव’ हुँदै


कर्णाली प्रदेशमा पठन संस्कृतिको विकास गर्नका लागि ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ ।

कर्णाली प्रदेशमा भाषा, साहित्य र संस्कृतिको विकास गर्न गर्नका लागि ११ गते प्रतिलिपी अधिकार दिवसको अवसर पारेर ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको हो ।

नेपालको पश्चिमी भू–भागको मध्यकालीन इतिहासमा कर्णालीको भाषा, साहित्य, संस्कृति र पुरातात्विक मौलिक विशेषताहरूको विकास भएको एघारौं शताब्दीदेखि फैलिएको खस सभ्यता र संस्कृति नै हाल विशाल नेपाली राष्ट्रियताको अभिन्न पहिचान बनेकोले महोत्सवको आयोजना गरिएको फ्यचर नेपाल तथा कर्णाली रिडर्स सोसाइटीका अध्यक्ष डा. नवराज केसीले बताए ।

‘नेपाली भेषभूषा, रीतिरिवाज, भाषा र परम्पराको सामाजिक, ऐतिहासिक, सांस्कृतिक अध्ययनको निम्ति यो क्षेत्र उर्वर छ’ उनले भने, ‘राणाशासनको अन्त्य अघिसम्म गुमनाम रहेको यो क्षेत्रमा त्यसयता विभिन्न कालखण्डमा स्वदेशी तथा विदेशी अध्येताले केही मात्रामा अन्वेषण तथा अनुसन्धान गरेका छन् । यसरी गरिएका अध्ययनहरू पुस्तकका रूपमा छापिए पनि धेरैजसो पुस्तक पाठकको पहुँच छैनन् ।’

योगी नरहरिनाथले कर्णाली प्रदेशको विगत बुझाउने कृतिहरू अचेल बिरलै भेटिने गरेको, त्यसबाहेक कर्णालीका लेखकका साहित्यिक रचना कृतिहरू र कर्णालीमाथि लेखिएका पुस्तकहरूबारे कर्णालीमै चर्चा हुने अवसर नपाएकोले महोत्सवमा कर्णालीका विषयमा लेखिएका पुस्तक प्रद्धशनीमा राखिने डा. केसीले बताए ।

तपाईको प्रतिक्रिया