कर्णाली किड्स कप २०८१’ मा सेमी फाइनलका खेल सम्पन्न

हुम्लाको अदानचुली गाउँपालिकामा शुक्रबारदेखि जारी ‘कर्णाली किड्स कप २०८१’ अन्तर्गत सोमवार सेमी फाइनलका खेल सम्पन्न भएका छन् ।

सेमिफाइनमा जनकल्याण आधारभूत विद्यालय र छत्रपाल आधारभूत विद्यालयबीच भएको खेलमा छत्रपाल आधारभूत विद्यालय २–० गोलले विजयी भएको आयोजक रेडियो श्रीनगर एफएमका संस्थापक अध्यक्ष नवराज महताराले जानकारी दिए ।

यस्तै मष्टादेव प्राथमिक विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच भएको खेलमा सुर्योदय ७–१ गोलले विजयी भयो । अब मंगलबार छत्रपाल आधारभूत विद्यालय र सूर्योदय माध्यामिक विद्यालयबीच प्रथम उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगदसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा ११ समूहको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया