बहुउद्देश्यीय कार्यमा सहकारी

सरप र कुच्चो उत्पादनमा पाइनियर

२०६९ सालमा वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेतका मीनबहादुर नेपाली पाईनियर बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतमा आवद्ध भए । मीनबहादुर सहकारीमा आवद्ध हुँदा त्यसबेला सहकारीमा २ सय ४७ जना शेयर सदस्य रहेका थिए । अहिले मीनबहादुर नेपाली पाईनियर बहुउद्देश्यीय सहकारी संस्थाको सहायक व्यवस्थापक छन् ।

सहकारीले आफ्नो कार्य क्षेत्र बढाएर सुर्खेत जिल्लाभरी बनाएको छ । हाल सहकारीको ८ वटा शाखा र दुई वटा उद्योग सञ्चालन गरेको छ । एउटा पाईनियर डिटरजेण्ट पाउडर उद्योग (पिएमसी) र कुचो उद्योग रहेको छ । अहिले सहकारीले ६ वटा जिल्लामा काम गरिरहेको छ । जसमा सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान र जुम्ला छन् ।

बहुउद्देश्यीय सहकारी प्रकृतिको भएकाले सहकारीको उद्देश्य अनुसार सहकारीले बचत तथा ऋणलाई मात्र जोड नदिई सरकारको बाध्यकारी नीति र बहुउद्देश्यीय प्रकृतिको सहकारी भएकाले केहि राम्रो काम गर्नुपर्छ भन्ने सोच सहकारीलाई आएको पाईनियर बहुउद्देश्यीय सहकारी संस्थाको सहायक व्यवस्थापक नेपालीले बताए ।

बचत तथा ऋणको अलवा बहुउद्देश्यीय प्रकृतिका कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यका साथ २०७५ सालमा पाईनियर बहुउद्देश्यीय संस्थाले उद्योग सञ्चालनमा ल्याउनका लागि पाईनियर डिटरजेन्ट पाउडर सोप एण्ड केमिकल उद्योग (पिएमसी) घरेलुमा दर्ता गरेको सहायक व्यवस्थापकले बताए ।

संस्थाले भवन निर्माण गरी २०७६ साल साउन ११ गते पिएमसी उद्योगको उद्घाटन ग¥यो र पिएमसी श्रव उद्योगमार्फत पिएमसी ब्राण्डका सरपहरु बजारमा ल्यायो । बजारको माग अनुसार सानादेखि ठुलासम्म भिन्न–भिन्न तौलका सरपका प्याकेटहरु उत्पादन गरिरहेको सहायक व्यवस्थापक नेपालीले बताए । अहिलेसम्म उद्योगले एक सय ५० ग्राम, ५ सय ग्राम, १ केजी र ४ केजीको प्याकेटमा श्रव उत्पादन गरेको छ । १ केजीको श्रव एक सय रुपैयाँ, ५ सय ग्रामको ५० रुपैयाँ, ४ केजीको तीन सय ७५ रुपैयाँ पर्ने उनले जानकारी दिए ।

त्यस्तै यस सहकारी संस्थाले कुचो उद्योग पनि २०७७ सालमा सञ्चालन ग¥यो । श्रब उत्पादन गर्दा सबै मेट्रियल भारतबाट नै लिनुपर्ने भयो । आफ्नै स्थानीय सामाग्रीको प्रयोग गर्न चाहने सरकारीले सहकारी कै सदस्यहरुले उत्पादन गरेको अम्लिसो लिएर कुचो उत्पादन गर्ने भनि कुचो उद्योग संचालन ग¥यो । २०७७ सालदेखि संचालनमा रहेको कुचो उद्योग हाल निरन्तर रुपमा सञ्चालनमा रहेको छ ।

सुर्खेतको कुचोले नपुगेका कारण भैरवा, बुटवलबाट पनि लिएर कुचो उत्पादन गरिरहेको उनले बताए । सहायक व्यवस्थापक नेपालीले भने, ‘सुर्खेत, दैलेखमा कुचो खेती गरिँदैन त्यसैले पनि कुचो उत्पादनमा अभाव भएको हो ।’

लगानी कति थियो ?
पाईनियर बहुउद्देश्यीय सहकारी संस्थाले सरप उद्योग सञ्चालन गर्नका लागि शुरुमा ९० लाख रुपैयाँ लगानी गरेको थियो भने, कुचो उद्योग सञ्चालन गर्न १० लाख रुपैयाँ लगानी गरेको सहायक व्यवस्थापक नेपालीले जानकारी दिए । बहुउद्देश्यीय प्रणालीका भन्दा पनि कर्णाली प्रदेशमै पहिलो सरप उद्योग पाईनियर डिटरजेन्ट पाउडर उद्योग नै रहेको उनले बताए ।

उनले भने, ‘जुन उद्देश्यका साथ संचालन गरेको उद्योगमा धेरै बाधा, अर्चन सहकारीलाई हुँदो रहेछ, राज्यलाई नि त बाधा, अर्चन हुने गर्छ । कर्णाली प्रदेशमा उद्योग सञ्चालन गर्न भने त्यति सजिलो भने रहेनछ । जुन सोचेर लगानी गरियो त्यो अनुसारको भने भएन् । राज्यबाट हुनुपर्ने सहयोग पनि भएन् ।’

अहिलेसम्म १० लाख ७३ हजार रुपैयाँ घाटामै रहेको उनले बताए । कुचोको लागि बिना भ्याटमा मेट्रियल कच्चा पदार्थ किन्ने गरेको र भ्याटमा फर्म भएकोले भ्याट तिरेर बेच्नु पर्दा कुचो उद्योग पनि घाटामा रहेको उनले बताए । उद्योग खोल्दा चुनौतीपूर्ण रहेको उनको भनाई छ ।

सहकारीले ९० लाख लगानी शुरु गरेको उद्योगमा हालसम्म एक करोड २७ लाख रुपैयाँ लगानी गरेको छ । उनले भने, ‘उद्योग सञ्चालन गरेको एक बर्षमै कोरोना शुरु भयो र लकडाउन भयो नियमित रुपमा हुन सकेन् । ३ बर्ष कोरोनाले नै झुलायो । आर्थिक रुपमा अगाडी बढ्न सकिएन् । फेरी नेपालमा आर्थिक मण्दीले गर्दा पनि असर प¥यो र लक्ष्य अनुसार अगाडी बढ्न सकेनौँ ।’ सरप उद्योगमा चार वटा मेसिन रहेको छन् । सहकारी र दुई उद्योग गरी ५५ जना कर्मचारी रहेका छन् ।

उनले भने, ‘कर्णाली प्रदेशमा उद्योग सञ्चालन गर्न गाह्रो रहेछ । प्रदेश सरकारले पनि ट्याक्स छुट गरिदिए हुन्थ्यो । बाहिरको उत्पादन आउँछ त्यसको गणस्तरियता बारे कसैलाई मतलव हुँदैन् । बाहिर कै उत्पादन बिक्रि हुने गर्छ ।’ बाहिर उत्पादन भएका सामाग्रीलाई केहि बढि मुल्य अभिवृद्धि कर भएको भए र त्यसलाई केहि कडाई गरेको भए नियन्त्रण गर्न सकिने उनले भनाई छ । सहकारीको उत्पादनलाई प्रदेश सरकारबाट प्रवद्र्धन गर्ने काम नै नभएको उनको गुनासो छ ।
उधोगको श्रव उत्पादन


प्रति दिन १५ सय केजी उत्पादन क्षमता रहेको उद्योगमा अहिले ८ क्वन्टल सरप उत्पादन हुने गर्छ । अझ गुणस्तरिय श्रव उत्पादन तर्फ लागिरहेको सहायक व्यवस्थापक नेपालीको भनाई छ । सहकारी बहुउद्देश्यीय प्रकृतिको हुनुपर्ने राज्यको नीतिमा छ । ३० प्रतिशत बचत तथा ऋण गर्ने र बाँकी ७० प्रतिशत बहुउद्देश्यीय प्रकृतिका काम गनुपर्ने हुन्छ ।

सरसफाई मानिस स्वस्थ रहनका लागि व्यक्तिगत तथा वातवरणीय स्वच्छता कायम गर्ने कार्य हो । त्यसैले पनि सरसफाईमा जोड दिनको लागि सरप र कुचो उद्यागनै सहकारीले रोजेको सहायक व्यवस्थापक नेपालीले बताए । सहकारीको बार्षिक उत्सवको दिनमा भने सरसफाई कार्यक्रमहरु सहकारीले गर्ने गरेको छ ।

सहकारी तर्फको कारोबार
संस्थाको आ.व. २०७९÷०८० को तथ्याङ्कलाई हेर्दा उल्लेखनिय उपलब्धी हाँसिल गरेको देखिन्छ । संस्थाले मात्रात्मक, गुणात्मक एवम् विस्तारात्मक उपलब्धी हाँसिल गरेको छ । संस्थाको सदस्यता बृद्धिसंगै ऋण लिने सदस्यको अनुपात बढ्न सकेको छैन । यो पाइनियर बहुउद्देश्यीय सहकारी संस्था चुनौति हो ।

त्यस्तै संस्थाको वृद्धि, विकास र बहुउद्देश्यीय विस्तार गर्न लागेको यस अवधीमा खासै मुनाफा गर्न सकिरहेको छैन । यसको प्रमुख कारण बैंकहरुको व्याजको दरमा वृद्धि हुनु र खर्च बढी हुनु हो । आर्तिक बर्ष २०७९÷०८० मा संस्थाको शेयर पूँजी ९ करोड ९२ लाख ५० हजार एक सय रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाले आ.व. २०७९÷०८० मा ५१ करोड ६४ लाख २ हजार ७४ रुपैयाँ वचत सङ्कलन गरेको छ । यस संस्थाले आ.व. २०७८÷०७९ मा राष्ट्रिय सहकारी बैंकबाट एक करोड रुपैयाँ, युवा स्वरोजगार कोषबाट ४० लाख रुपैयाँ आर.एम.डि.सीबाट ३ करोड ऋण प्राप्त गरेको छ ।

आ.व. २०७९÷०८० मा २५ करोड ८४ लाख १६ हजार ८ सय रुपैयाँ ऋण लगानी गरेको छ भने, २५ करोड ८० लाख ४० हजार २ सय २४ रुपैयाँ ऋण असुली गरेको छ । लगानीमा ४८ करोड २० लाख १२ हजार ८ सय ६६ रुपैयाँ रहेको पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया