हाम्रो पश्न

‘सुर्खेतबाट छिट्टै रात्रीकालिन उडान हुन्छ’


सुर्खेत विमानस्थल वीरेन्द्रनगर सहरको पश्चिमपट्टी उत्तर दक्षिण फैलिएर रहेको छ । २०७७ सालमा सुर्खेत विमानस्थललाई विस्तार गरी एक हजार ५ सय मिटरको धावनमार्ग विस्तार गरी रात्रीकालिन उडान भर्ने उद्देश्यका साथ सुर्खेत विमानस्थल विस्तारको योजना अगाडि बढाइएको थियो । विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रुपमा विकास गर्न दीर्घकालिन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो । प्रदेश राजधानीमा रहेको यो सुर्खेत विमानस्थल हो । प्रशासनिक, शैक्षिक, पर्यटकीय क्षेत्र पनि हो । सुर्खेत विमानस्थलबाट रात्रीकालिन उडान सेवा पनि सञ्चालन हुन्नुपर्छ भन्ने सम्पूर्ण कर्णालीवासीको चाहाना पनि छ । यसै विषयमा नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रवन्धक राजनराज ढुङ्गेलसँग युगआव्हान दैनिक सम्वाददाता कल्पना ढेङ्गा मगरले गरेको कुराकानी ।

सुर्खेत बिमानस्थलको विस्तार काम के–के भइरहेको छ ?
विमानस्थलको रात्रीकालिन उडानको व्यवस्थापन गर्न बजेट आएर काम भइरहेको छ । बजेट सात करोड ६५ लाख रुपैयाँ आएको थियो । टेण्डर भएको छ । काम छिट्टै होला । सुर्खेत नागरिक उड्डयन कार्यालय भन्दा पनि हाम्रो इलेक्ट्रोनिक्स मेकानिकल डिपार्टमेन्ट छ । त्यहाँबाट भएको हो । काम प्रक्रियागत मै छ । लगभग अन्तिम चरणतिर पुगेको छ । अब तारहरु हाल्न बाँकि छ । काम शुरु भएको ६÷७ महिना भयो, अँझ ५÷६ महिना लाग्छ । तारहरु आएर फिटिङ् गर्न यति समय लागि हाल्छ होला ।

रात्रीकालिन उडानका लागि उपयुक्त हुन्छ त ?
अब यस्तो हो, तपाईको रनवे लाईट हुँदैमा रात्रिकालिन उडान हुन्छ भन्ने हँुदैन् । रनवे लाईट मात्र नभई अन्य कुराहरु पनि हुन्छ । यो भनेको रनवे को साईड मात्र लाईट हुने हो । एप्रोज लाईट भन्ने पनि हुन्छ । यो भनेको जस्तो काठमाडौं, नेपालगञ्जमा जस्तो लाईट, जुन बाटोमा राखिएको हुन्छ । सुर्खेतको कुरा गर्ने हो भने त्यो लाईट राख्ने सम्भावना छैन । किनभने हाम्रो यहाँ इमिडेट्ली रुपमा बाटो छ । बाटो भएको भएर राख्न सकिँदैन् ।
त्यो बाहेक सुर्खेत विमानस्थल नजिक डाँडाहरु रहेका छन् । लाईट हँुदैमा मात्र हुँदैन र डाँडाहरु छलेर कसरी गर्ने भनि प्रोसिडियर गराउनुपर्ने छ । यस प्रोसिडियरको काम भने भइरहेको छ । प्रोसिडियरको काम पूर्वाधारका हिसावले भएता पनि यस कामले मात्र रात्रीकालिन उडान हुन्छ नै भनेर भन्न सकिँदैन् । यस रात्रीकालिन उडानको लागि छलफल भने भइरहेको छ । सुर्खेतमा जहाज बस्दा पूर्व, पश्चिम पट्टीनै डाँडा छ त्यसकारण पनि रात्रिकालिन उडानका लागि समस्या भनेछ ।

सम्भावना र जोखिम के के हुन ?
सम्भावना हुन पनि सक्छ । रिर्पोटहरु लिने काम, भिजिलिटिका काम पनि भएको छ । जस्तो भिजिलिटिका कुरा हुन्छ । दिउँसोमा ५ किलोमिटर चाहिन्छ भने, राति पनि ५ किलोमिटर नै राखेर गर्न सकिन्छ, नसकिने भन्ने होईन । खासगरी रातीमा भिजिलिटि कम हुन्छ । कम भएको बेला चाहि गर्न नसकिने पनि हुन सक्छ । त्यो भिजिलिटि नघटेको पनि हुन सक्छ भन्ने हो । त्यसको एउटा प्रारम्भिक अध्ययन भएको छ र पाईलटहरुसँग पनि कुरा भइरहेको छ ।

रात्रीकालिन उडान गर्दा समस्या के छ त ?
अन्य समस्या भनेको हाम्रो पहाडहरु नजिक छ नि त, दक्षिण तिर पनि अग्लो पहाड छ, उत्तर तिर पनि अग्लो पहाड छ । अब दिउँसोको केसमा भने के हो भने पाइलटहरु आफैले देखेर आउने हो । रातीमा पाइलटले हेर्ने भन्दा पनि मेसिनले जुन मैले प्रोसिडियर भने नि, हामीले त्यो प्रोसिडियर बनाएको हुन्छौँ । यहाँसम्म जादाँ खेरी यति लेबल डिसेन्ट गरेर, यति हाईट डिसेन्ट गरेर जाने यहाँ गएर टर्न गर्ने, राईट, लेफ्ट टर्न गर्ने, ल्याण्ड गर्न सकेन भने यस्तो गर्ने भनेर छुट्टै प्रोसिडियर गराईदिएका हुन्छौं । त्यो प्रोसिडियर हामीले बनाएर मात्र भएन पाइलटले गर्न सक्नु प¥यो नि त हैन । हामीले त यो चिप्ले डाँडाबाट यति फिट टाढा, एक हजार, दुई हजार फिट पर बस भनौंला । डाँडाबाट त्यति फिट पर बस्दा ल्याण्ड गर्न नसक्ने पनि त हुन सक्छ मिलाएर आउँनुपर्छ ।
दिउँसोमा त उसले आफै हेर्छ । मिलाएर ल्याउन सक्छ । रातीमा मेसिनमै भर पर्छ जसले गर्दा हामीले प्रोसोडियर बनाएपनि पाइलटले चाहि सेफ्टिको हिसाबले सेफ छैन भने नगर्न पनि सक्छ । जसले गर्दा कन्र्सटेसन गर्दा पाइलट लगायत सबैबाट ल हुन्छ भन्ने भयो भने हुने हो ।

रात्रीकालिन उडान नहँुदाको समस्या चाँहि के छ ?
अहिले त त्यस्तो खासै समस्या छैन् । किनभने उहाँहरुको सेडुअल अनुसार जुन सुर्यास्त हुन्छ नि, सुर्यास्त भइसकेपछि हामीले छोड्न मिल्दैन् । उहाँहरुले सेडुअल नै सुर्यास्त समय भन्दा अगाडि नै राख्नु हुन्छ । जस्तै बुद्ध एयरको आज (माघ २४ गते) उडान छ ४ बजे, ४ः३० मा बढि भनेको ५ बजे उडिहाल्छ । यो समय भन्दा अगाडि नै सुर्यास्त हुन्छ । अब कहिले काँही ल्याण्ड गर्न ढिलो भयो भने त्यस्तो अवस्थामा जहाजहरु यहि बस्नु पर्ने हुन्छ । तर अहिले रात्रीकालिन उडान नहुँदा त्यस्तो समस्या भने छैन् ।

रात्रिकालिन उडान भएमा नागरिकलाई फाईदा के हुन सक्छ ?
सुर्खेत विमानस्थलबाट श्रीएयरलाईन्सको विहान ७ः३० बजे काठमाडौंबाट, बुद्ध यएरलाईन्सको विहान ७ः४५, १ः३० बजे काठमाडांैबाट छ । दुई पटक बुद्ध यएरलाईन्सको र एक पटक श्रीएयरलाईन्सको हुन्छ ।
फाइदा त यस्तो हो । हिजो बुद्ध यएरलाईन्सको मात्र उडान थियो । भाडा पनि महँगो भयो भन्ने थियो । अहिले प्रतिस्पर्धा भएर भाडा पनि सस्तो भएको छ त्यो पनि फाइदा नै हो हैन । अर्को चाहि समयको कुरा पनि हुन्छ । मानिसहरु विहान गएर बेलुका फर्किन पनि सक्छन । रात्रीकालिन उडान हुदाँखेरि बेलुका फर्किन सकिने र विहानको काम भेटाउन सकिने हुन्छ । सुर्खेतमा टाढा टाढाबाट पनि आउनुहुन्छ । दैलेखबाट आउँदा गाडी ढिलो आउँछ । त्यहाँबाट आउँदा पनि उनीहरु काठमाडौं जान त पाउने भए नि रात्रीकालिन उडान भएपछि । यस्तै जुम्लाबाट विहान हिडेको मान्छे पनि बेलुका यहाँ आईपुग्छ भने बेलुका नै काठमाडांै जान सक्ने भए ।

पूर्वाधार निर्माण लगायतका कामहरु भएको छ की छैन् ?
त्यो चाहि यस्तो छ, टनेल बिल्डिङ चाहि सानो भयो भनेर तत्काल केहि विस्तार गर्ने बारे कुरा राखेको छु । त्यसको बारे केहि काम पनि शुरु भईसकेको छ । कसरी गर्ने भन्नेमा अझ छलफलमा पनि छौँ । त्यसैगरी हाम्रो दमकलको लागि पनि छुट्टै भवन बन्दै छ योपालि । पूर्वाधारका काम भने हुँदैछ । समस्या के छ भन्दाखेरी एर्पोट सानो छ । एर्पोट आफैमा पनि धेरै ठुलो छैन् । धेरै फराकिलो गराउन पनि मिल्दैन हाम्रो । फेरी कस्तो हुन्छ भने जहाजको स्ट्याण्डर जुन डिस्ट्यान्ड कायम हो नि । विल्डिङ्देखि अप्साईकल भन्छ हाम्ले त्यस्तो पनि धेरै गर्दा खेरी धेरै असर गर्छ त्यसले गर्दा जति हामीले गर्न सक्छौ त्यो कुरा चाहि गरिरहेको छौं ।
यस्तै हामीले कर्णाली प्रदेशमा आन्तरिक हवाई सेवा सञ्चालनका लागि तयारी गरेका छौँ । सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा । फागुन महिनाभित्रै हवाई उडान सेवा सुचारु गर्ने गरी तयारी भएको छ ।

तपाईको प्रतिक्रिया