सिद्धचुली युवा क्लवको भेला

सुर्खेत, २ माघ ।
सिद्धचुली युवा क्लव भेरीगंगा–२ को आयोजनामा युवा भेला सम्पन्न भएको छ । वडाभित्रका युवाहरुको बिच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने, खेलकुद, सामाजिक विकासका क्षेत्रमा सशक्त रुपमा खबरदारी गर्ने उद्देश्यले युवा भेला आयोजना गरिएको थियो ।

सुशासन, पारदर्शीता र जवाफदेहिताका लागि युवाहरुले गाउँ गाउँमा सरकारी बजेटबाट निर्माण भएका आयोजनाहरुको अनुगमन गर्ने, अनियमितता भएमा खबरदारी गर्ने गरी कार्ययोजना निर्माण भएको क्लवका सचिव गोरख बहादुर बुढाले जानकारी दिए ।

भेरीगंगा नगरपालिकाका सबै वडा तथा टोलहरुमा युवाहरुलाइ एकताबद्ध गराउँदै सामाजिक कार्यमा सक्रियतापूर्वक परिचालन गरिने उनले जानकारी दिए । भेरीगंगा वडा नं. २ का वडा अध्यक्ष चिरञ्जीवि बुढाको अध्यक्षता एवंम् जनस्वास्थ्य अधिकृत मायाराम शर्माको प्रमुख आतिथ्यतामा युवा भेला सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया