राउटे समुदायमा माघी, मेलमिलापको पर्व

दैलेख (गडाजिउला), २ माघ ।
फरक जाति फरक भेषभुषामा रहेका राउटे समुदायले माघे संक्रातिलाई महान चाडपर्वका रुपमा मनाउँछन । माघी पर्वको रौनक तीन दिनदेखी एक हप्तासम्म रहने गर्दछ । माघीलाई त्यो समुदायले मेलमिलाप पर्वका रुपले लिने गरेका छन् । माघी पर्वमा एकघरदेखी पर्वको खानपिन शुरु गर्दै सबै घरमा नाचगान खुशी मनाउने गर्दछन् ।

एक महिनाअघि देखी काठको मुझामा कुहाएको अन्न पिउँदै लणी गीत गाउँदै सबैसँग खुशी साटासाट गर्ने चलन पुर्खादेखी चल्दै आएको हो । एकघर हुँदै सबैघरमा माघेसंक्राति मनाउँदै गीत गाउँदै र खानपिन नाचगान गर्दै जाने हुनाले मन फाटेकाको समेत मन मिल्ने हुनाले यो जातीले माघीलाई मेलमिलापको पर्व भन्ने गरेका छन् ।

माघीमा सबै खुशी हुन्छन् । झै झगडा हुँदैन । नाचगान गर्छन । गैरराउटेलाई माघीको दिन बस्ती छिर्न समेत बन्देज लगाउँछन् । गैरराउटेले माघीपर्वलाई मिठो खाने कुरा तरुल, मिठो खाने कुरा पकाएर माघी पर्व मनाएपनि नेपालको सम्पदा कर्णालीको गहना मानिने राउटे समुदायले भने फरक किसिमले माघी मनाउने गर्दछन् ।

राउटेले कन्दमुल बाँदर, गुनाको शिकार गरी अन्य चाडपर्व मनाएपनि माघी पर्वमा उनीहरु सेलरोटी पकाउने देवी, देवताको पुजाआजा गर्ने गर्दछन् । एकमहिना अघि काठबाट बनाइएको झुमामा चामल कुहाएर जाँड पिउने गर्दछन् । माघी पर्व राउटे समुदायको ठुलो चाडपर्व मानिन्छ । गैरराउटेले आगो तापेर तरुल लगायत विभिन्न मिठो खानेकुरा पकाएर मनाएपनि यो कन्दमुल गुना, बाँदर कुकाठबाट जिविकोपार्जन गर्दै आएका यो समुदायले माघीपर्व धुमधामसम्म मनाउने गर्दछ ।

कुल देवताको पुजा गर्ने नाचगान गर्ने नुहाउने कपडा धुने, बालबालिकाको कपाल खौरिने गर्दछन् । गैरराउटेले पुसको चिसो हटाउनको लागि रातभरी आगो तापेर रात कटाउने गर्दछन भने राउटेले नाचगान गरेर रातभरी जाग्राममा बस्दछन् । एकमहिना अघिदेखीको काठको भाडा झुमा भित्र राखिएको चामलको अन्न कुहाएर जाँड समेत पिउने गर्दछन् । माघीपर्वका दिन अत्याधिक जाँड सेवन गर्दा २०७० सालमा राउटेका मुखिया विरबहादुर शाहीको जेठो छोरा कपिल शाहीको अछामको तुर्माखाँद गाउँपालिका आगोमा जलेर घाइते भएका थिए । शाहीको मुत्यु भईसकेको छ ।

स–साना बालबालिकालाई कुनै रोग, विमार र वेथा, भुतप्रेत नलागोस भनेर घरमा जति बालबच्चा छन् । त्यति नै कुखुराका साना चल्ला गाउँबाट खोजेर चल्ला र कुपिण्डोको बलि दिने गर्दछन भने ठुला मान्छेलाई पनि त्यस्तो नहोस भनेर बाख्रा बलि दिने गर्दछन् । माघीपर्वमा बढी बलि दिए देवी, देउता खुशी हुने समुदायको बुझाई रहेको छ ।

माघीमा राउटेले मष्टो देवताको आजापुजा गर्दछन् । तर गाउँघरका कतिपय मानिस भने राउटे देवीदेवतालाई बलि दिने चल्ला कुखुरा खसी माघ महिनापछि नखाने हुँदा अघिल्लो दिने नै बलि दिने गरेको बुद्धिजिवीको ठम्याई छ । राउटे बर्षको एक पटक माघीपर्वमा नुहाउने छन् भन्ने गैरराउटेको भनाईको खण्डन गर्छन ।

यतिका दिनसम्म कोही कपडा न नुहाएर वस्न सक्छ । गाउँका मान्छे क्या भन्छन्, भन्छन देखेको छैन, सुनेको कुरा मात्र भन्छन् । पहिला हामीलाई गैरराउटेको बच्चा लिएर आजापुजा गर्छन भन्थे । त्यो कतै देख्नु भयो त । मान्छेको बलि खाने देउता हुन्छन् । कहिल्यै नमाँझेका पहेँला दाँत देखाउँदै मुखिया वीरबहादुर शाहीले बताए । ‘आँखाले देखेको र गोडाले टेकेको कुरामात्र विश्वास गर्नुपर्छ, सुनेको कुराको पछि लाग्नु हुदैन’ उनले भने ।

नेपालको एकमात्र विशिष्ट पहिचान बोकेको यो समुदायमा एकआपसमा गोप्यता छैन, धनसम्पति कमाउने लोभ छैन, जातिय विभेद छैन, वर्ग विभाजन पनि छैन । यही फरक सँस्कृतबाट नै राउटेले आफ्नो पहिचान दिन थालेका हुन् ।

पुसको कठयाँ्ग्रिने जाडोमा शितलहरले मानिसले मृत्युवरण गर्नुपरेपनि राउटेमा जाडोमा कठयाँग्रिएर कोही मरेका छैनन् । जाडो छैन भन्दा राउटेका अगुवा भन्दछन “छ लुगा छ जाडो, छैन लुगा छैन जाडो भनेर जवाफ दिन्छन् भने आफनो परम्पराको निरन्तरता कायमै राख्न बर्षौदेखी प्रकृतिसँग निरन्तर संघर्ष गरिरहेका छन् । १४१ जना रहेको यो समुदाय आजभोली दैलेख भैरवी गाउँपालिका –४ को गडाजिउला खेतबारीमा बसोबास गरिरहेको छ ।

तस्वीर : भक्तबहादुर शाही /दैलेख

तपाईको प्रतिक्रिया