मोटरसाइकलकाे ठक्करबाट महिलाको मृत्यु

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वाड नम्बर, १ नाम्रा सल्यान निवासी वर्ष ७८ कि कुमारी दमाईको भे १ प २१३४ नं. को बाइकले ठक्कर दिँदा मृत्यु भएको छ । आइतबार दिउँसो १२ वजेको समयमा सिम्ता गाउँपालिका वडा नं. ६ जामुने बजार पिपलबोट नजिकै उनलाई मोटरसाइकलले ठक्कर दिएको थियोे ।

उनलाई उपचारका नेपालगन्ज लगिएको थियोे । सिम्ता गाउँपालिका वडा नं ६ निवासी मोहन मल्ल भने प्रहरी सम्पर्कमा नरहेको र खोजी कार्य जारी रहेको वादेपिपल प्रहरीको भनाइ रहेको छ । वृद्ध महिलालाई ठक्कर दिने वाइक भने प्रहरी नियन्त्रण रहेको छ ।

तपाईको प्रतिक्रिया