एनएसएल : स्ट्राइकर जर्ज प्रिन्स ‘अनसोल्ड’ !

काठमाडौं । राष्ट्रिय टिमका स्ट्राइकर जर्ज प्रिन्स कार्की ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) मा अनसोल्ड भएका छन् ।

काठमाडौंमा जारी अक्सनमा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर कार्की अनसोल्ड भएका हुन् ।

स्ट्राइकर कार्की ‘ए’ श्रेणीमा रहेका थिए । अक्सनमा कुल १ सय ५९ जना खेलाडीलाई समावेश गरिएको छ ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।

तपाईको प्रतिक्रिया