तरुण दल अध्यक्ष विजय वस्नेत नेकपा वलि खेमामा प्रवेश

दुर्गा विसी
सल्लीबजार, १० माघ ।
नेकपा नगर कमिटीको छैटौं बैठकमा नेपाली कांग्रेस तरुण दलका नगर अध्यक्ष विजय वस्नेत नेकपा प्रवेश गर्नुभएको छ । बस्नेतले अहिले धेरै बोल्न चाहेको र प्रवेशमै धेरै कुरा खुलाउन नचाहे पनि आफु नेकपामा गोलबन्द भएको उद्घोष गर्नुभएको थियोे । नेकपा केन्द्रीय सदस्य गोविन्द कुमार पुनले खादा लगाएर स्वागत गर्नुभएको छ ।

सबैलाई बाटो नविराइ नेमपा वली विचार समुहमा लाग्न जिल्ला अध्यक्ष पुनको भनाई रहेको छ । देशमा धेरै छलछाम भयो, ईमानदार राजनीतिको मियो भनेको केपि वलि मात्रै भएको र उहाँको नेतृत्वमा देशमा धेरै विकास निर्माण कार्यले आधार तय भएको जनाएको छ । तरुण दल अध्यक्षको नेकपा वलि खेमामा प्रवेशले तरङ्ग ल्याएको छ ।

निकै उर्जिला व्यक्तिको प्रवेशले कांग्रेसलाई चिन्तित समेत तुल्याएको छ । साथै नेकपा बनगाड कुपिण्डे नगरपालिकाको नगर स्तरीय वैठक सम्पन्न भएको छ । उक्त छैटौं वैठकमा नेकपा नगर कमिटी सचिव गुञ्जमान वुढाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि नेकपा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य गोविन्द कुमार पुनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ ।

बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष नारद घर्ती,नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, कर्णाली प्रदेश परिषद् सल्लाहकार सदस्य प्रतिमल वुढा, पूर्व जिल्ला कमिटी सदस्य टेकराज शर्मा, युवा संघ प्रदेश (क) का संयोजक इन्द्र भाट, युवा संघ नेपालका नगर संयोजक विवेक पुन, अनेरास्ववियुका नगर संयोजक प्रेमवहादुर वुढा लगायले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

नेकपा नगर कमिटीको छैटौं बैठकमा तरण अध्यक्षसँगै राप्रपा जिल्ला कमिटी सदस्य छोटेलाल वुढा, नेपाली कांग्रेसकी छलि थापाले समेत प्रवेश गरेको जनाएको छ । कार्यक्रम वडा अध्यक्ष तथा नेकपा नगर कमिटी सदस्य भोपाल केसी(विनायक) ले गर्नुभएको थियोे ।

तपाईको प्रतिक्रिया