सुपथ मुल्य पसलबाट एकसय ६२ क्वीन्टल चामल विक्रि

तुलराज पाण्डे
कालीकोट, १४ मंसिर ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालिकोटमा सञ्चालिन सुफत मुल्य पसल बाट हाल सम्म १सय ६२क्वीन्टल चामल विक्रि भएको छ ।  दशैँ तिहार छट लगाएतका चाड पर्वहरुलाई लक्षीत गरी गत असोज १६ गत्ते देखी सञ्चालन गरिएको सुफत मूल्य पसल बाट १ सय ६२ क्वीन्टल चामल विक्रि गरिएको हो ।

पसल बाट सबै भन्दा बढी इस्टीमा जिरा चामल विक्रि भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा प्रमुख रामशरण लामिछानेले बताउनुभयो । सुफत मूल्य पसल बाट हरेक चामलको मूल्यमा प्रति केजी ५ रुपैँया छुटमा विक्रि भैरहेको छ । शाखा प्रमुख लामिछानेका अनुसार अरु समयको भन्दा अहिले सुफत मूल्य पसल सञ्चालन गरिएपछी धेरै चामल विक्रि भएको छ । सुफत मूल्य पसल बाट जिल्लाका नागरिकहरु लाभान्वित भएका छन ।

चाड पर्वलाई लक्षीत गरी गत असोज देखी मंसिर ६ गत्ते सम्म सुफत मूल्य सञ्चालन गरेको भएपनि अहिले यसको अबधि थप गरिएको शाखा प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सूफत मूल्य पसल अव आगामी माघ सम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया