लुम्विनी बौद्ध विश्वविद्यालयको सभा सदस्यमा सुर्खेतका ढकाल र शाक्य मनोनित

सुर्खेत, ८ असोज ।
लुम्विनी बौद्ध विश्वविद्यालयको सभाको सदस्यमा सुर्खेतबाट वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल र पत्रकार एवं सामाजिक अभियन्ता जीवनकुमार शाक्य मनोनय हुनुभएको छ । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको ऐन अनुसार गत भाद्र ३० गते विश्वविद्यालय सभा सदस्यमा ढकाल र शाक्यलाई मनोनयन गर्नुभएको हो ।

मोहनमाया ढकाल वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख एव युवा नेता हुनुहुन्छ भने जीवनकुमार शाक्य पत्रकार, सामाजिक अभियन्ता, नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका कार्यबहाक अध्यक्ष, दृष्टिविहिन हेरबिचार केन्द्रका अध्यक्ष समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया