रोकाय दम्पतीद्वारा कोरोना राहत कोषमा २० हजार सहयोग

दुर्गा विसी
सिम्ता, २९ जेष्ठ ।
सिम्ता गाउँपालिका वडा नं. ५ का रोकाय दम्पतीद्धारा कोरोना राहत कोषमा २० हजार सहयोग गरेका छन् । सुर्खेत सिम्ता गाउँपालिका वडा नं. ५ आलि निवासी मोहन कुमार रोकाया र हस्ताकुमारी महताराले कोभिड–१९ का कारण सिर्जित अबस्थालाई न्यूनिकरण गर्नको लागि कोरोना राहत कोषमा २० हजार सहयोग गर्नुभएको हो ।

कोरोना महामारी नियन्त्रण स्वरुप उक्त सहयोग गरिएको रोकायको भनाई छ । विषेश गरी वडा नं. ५ को क्वारेन्टाइन व्यवस्थापन गर्ने उद्देश्यका साथ सिम्ता गाउँपालिकाको राहत कोषमा २० हजार रकम जम्मा गर्नुभएको छ । रोकाय दम्पती शिक्षक पनि हुनुहुन्छ । केही समय अघि महतारा सिम्ताकै एक विद्यालयमा कार्यरत हुनुहुथ्यो भने रोकाय बनगाड कुपिण्डे नगरपालिका वडा नंं. ७ को कृष्ण मावि लेखसँग्रहिको प्रअ समेत रहनुभएको थियो । तर दुई महिना अघि सिम्ताकै वडा ६ वागेश्वरी मावि राकममा सरुवा हुनुभएको छ ।  रोकाय दम्पत्ती लामो समय शिक्षण पेसामा आवद्द हुनुहुन्छ भने कोभिड–१९ ले विश्व त्यहि नहस पारेको अवस्थामा आफ्नो गाउँपालिकामा पनि थोरै रकमले पनि राहत हुने अपेक्षा लगिएको छ । रोकाय दम्पतीलाई गाउँपालिकाले धन्यवादसमेत दिएको छ ।

तपाईको प्रतिक्रिया