कोरोनालाई जितेर २ जना उपचारपछि घर फर्किए

दुर्गा विसी
सल्लीबजार, २९ जेष्ठ ।
सल्यान पश्चिम क्षेत्रका २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई उपचारको लागि सुर्खेत लगिएको थियोे । बनगाड कुपिण्डे वडा ५ वर्ष ३३ का र वडा १ वर्ष २० का दुई युवा कोरोनालाई जितेर घर फर्केका छन् ।

उनीहरुमा कुनै खाले सुरुदेखि लक्षण नदेखिएको जनाइएको छ । १० दिनको उपचारपछि निको भएर खुशीका साथ घर आएका छन् । आत्माबल दरिलो बनाए कुनै समस्या नहुने जनाएको छ । उपचारपछि निको भएर घर फर्केका ती युवाले यसको मुख्य औषधी भनेकै सबै भन्दा ठुलो कुरा आत्मावल रहृछ ।

त्यसैले अन्य साथीहरूलाई समेत नआतिन भनेका छन् । यसलाई केही हप्ता दिनमै पराष्त गर्न सकिने रहेछ । उनीहरु पहिलो चरणका कोरोना संक्रमित थिए । यससँगै अब १ सय २२ जनाको सुर्खेत, जिल्ला अस्पताल सल्यान र रुकुम पश्चिम चौरजहारीमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया