पीसिआर नेगेटिभ आएकालाई आरडिटी गरी घर

दुर्गा विसी
सल्लीबजार, २८ जेष्ठ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा वसेका नागरिकलाई पिसिआर रिपोर्टमा नेगेटिभ देखिएपछि घर पठाएको छ । घर पनि १४ दिन होम क्वारेन्टिनमा बस्ने सर्तसहित पुनः आरडिटि चेकजाँचपछि उनीहरुलाइ घर पठाएको छ । नवजोति मावि अध्येरीका ३५, भेरी निमावि गराका ४२ र जनता प्रावि बस्नेउराका ८७ जनाको आरडिटी चेकजाँच गरिएको छ । आरडिटी चेकमा नवजोति मावि अध्यरीमा १ जना बाहेक ३ स्थानका १ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेलले बताउनु भएको छ ।

आरडिटी चेकजाँच एक जनाको रिपोर्ट संकास्पद देखिएकोले पुनःपिसिआरको लागि स्वाब पठाइने भएको छ । आरडिटी चेकजाँचको विश्वसनीयतामा भने बनगाड कुपिण्डेमा खटिनु भएका सरुवा रोग विशेषज्ञ डाक्टर इन्द्र थापाका अनुसार समयअवधि पु¥याएर आरडिटि गर्दा केही न केही संकेत देखा पर्ने जनाउनु भएको छ । यस क्षेत्रमा जति पनि पिसिआर चेकजाँचमा नेगेटिभ आएका सबैलाई पुन आरडिटी परिक्षण गर्दा नेगेटिभ आएको छ । त्यसैगरी प्रभाकर माविका २२९, बनगाड क्याम्पस बनगाडका ७० र रामजानकी प्रावी राउचेका ८१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेले उनीहरुको पुन आरडिटि चेकजाँच पछि घर पठाइने जनाएको छ ।

यी सबै बनगाडका विभिन्न क्वारेन्टिनमा २ हप्ता नाघि सकेका छन् । तर संक्रमित बढि देखिएका स्थान प्रभाकर मावि देवस्थल, बनगाड क्याम्पस बनगाड र अन्य केही स्थानमा रिपोर्ट निकै ढिला आएकोले पुनःअन्य विधि चेकजाँच गरेर मात्रै घर पठाएको भए राम्रो हुने धारणा राख्न थालेका छन् । यस्ता क्वारेन्टिनमा रहेका नागरिकको अन्तिममा पिसिआर रिपोर्ट ढिलाई भएको र आरडिटिका भरमा घर पठाउनुले सन्त्रास छाएको छ । नगरपालिकाले भने उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्न ताकेता गरेको छ । होम क्वारेन्टाइन नबस्नेलाई पुनःकारवाहि गर्ने समेत जनाएको छ । स्वास्थ्य सम्बन्धि केही समस्या उत्पन्न भए स्वास्थ्यकर्मीलाई जानकारी गराउन समेत भनिएको छ ।

तपाईको प्रतिक्रिया