पलाँताका क्वारेन्टाइनबाट १४६ जना घर फर्किए

तुलराज पाण्डे
कालिकोट, २७ जेष्ठ ।
कालिकोट जिल्ला पलाँता गाउँपालिका अन्तर्गत रहेको क्वारेन्टाइनबाट १४६ जनालाई घर पठाइएको छ । पलाँता गाउँपालिका स्वास्थ्य शाखाले दुवै क्वारेन्टाइनमा बसेका उनीहरुको ¥यापिड टेस्ट आरडिटि गरेर घर पठाएको हो । भारत तथा नेपालबाट आएका उनीहरु करिब तीन हप्तादेखि गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

पलाँता गाउँपालिका वडा नं. ९ सरस्वती माविमा रहेका १४६ जना मंगलबार घर फर्किएका छन् । उनीहरु सबैको आरडीटी टेस्टमा कोरोना नेगेटिभ देखिएपछी उनीहरुलाई घर पठाइएको पलाँता गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हिमाल संज्यालले बताएका छन ।

भारत तथा नेपाल आएका उनीहरुहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाएर उनीहरुको स्वास्थ्य जाच पछी मात्रै आज घर पठाइएको हो । बिगत तिन हप्ता देखि पलाँता स्थित सरस्वती माविको क्वारेन्टाइनमा बस्दै आएको हरि बि.क. भारतको दिल्लीबाट फर्केका हुन् । उनी दिल्लीबाट फर्केसंगै स्थानीय अगुवा र जनप्रतिनिधिको अनुरोधमा क्वारेन्टाइन बस्न आएका थिए । क्वारेनटाइ अवधि भर सबै किसिमको सुबिधा प्राप्त गरेको बताउने उनी स्वास्थ्य परिक्षण गरेर घर जाने तयारी गर्दै थिए उनी जस्तै पलाँता गाउँपालिकाका अन्य नागरिकको मुहारमा पनि खुशी झल्कन्थ्यो ।

गाउँपालिका अध्यक्ष लक्षण बहादुर बमले घरमा सात दिन होम क्वारेन्टाइन बस्ने बताउनुभयो । त्यहा बाट जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतले बिदाइ गरेको बताइएको छ । उनीहरु करिब तीन हप्ताको क्वारेन्टाइन बसाइपछि घर फर्कदै थिए । विश्वमाहामरी रुपमा फैलिएको कोरोना भाईरस कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट ग्रसित छ ।

नेपाल मात्र होइन विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन् । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन भारत तथा संक्ररमीत ठाउ बाट आएका नागरिकलाई स्थानीय तहमै क्वारेन्टाइन गर्ने नीति अवलम्बन संगै पलाँता कालिकोटका हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेर बिदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको बताए ।

तपाईको प्रतिक्रिया