तुलराज पाण्डे
कालिकोट, २७ जेष्ठ ।
यस वर्ष समयमै निरन्तर बर्ष भएपछि जिल्लामा किसानहरुले लकडाउनका बाबजुत सामाजिक दुरी कायम गरी रोपाईं सुरु गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लकडाउनका बाबजुत किसानहरुले सामाजिक दुरी कायम गरी रोपाईं सुरु गरेका छन् ।
कालिकोट जिल्लाको नैवटै स्थानीय तहमा रोपाइँ सुरुभएको छ खाडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँ पालिका, पचालझरना गाउँ पालिका, महावै गाउँ पालिका, शुभकालिका गाउँ पालिका, शान्नित्रिवेणि गाउँ पालिकाकाका स्थानीय किसानहरु हिजो आज रोपाईंमा व्यस्त छन् ।
उनीहरुले जेष्ठ महिनाभित्र रोपिसक्नु पर्ने नेपाली जातको धान लकडाउनका कारण केही ढिलो भए पनि लकडाउनका बाबजुत रोपाइँ सुरु गरिएको छ । शान्नित्रिवेणि गाउँपालिका वडा नं. ३ बाट अनिता देवकोटा(अनु) ले युग आह्वान राष्ट्रिय दैनिक संग भनिन् समयमै वर्षा भएकाले लकडाउन भए पनि रोपाईं सुरु गरिएको छ ।
खाडाचक्र नगरपालिका नगर प्रमुख जसि प्रसाद पाण्डेले अहि विश्वमाहामरी रूपमा फैलिएको कोरोना भाइस (कोभिड–१९) कारण विदेश गएका नेपाली आमाबुवा,दाजुभाइ स्वदेश फर्किएका छन् । ‘विगतका वर्षहरुमा खडेरी परेर रोपाईं ढिलो सुरु हुन्थ्यो । यस वर्ष समयमै लगातार पानी परेकाले जेष्ठ मा रोप्नु पर्ने नेपाली जातको धान रोपेका हौं उनले भने आफ्नो दुई रोपनी खेतमा धान रोपाईं सकिएको छ ।’
’गाँउका अन्य किसानहरु पनि धान रोप्ने कार्यमा ब्यस्त छन् । कोरोनाको त्रास गाँउमा उच्च छ । तर सामाजिक दुरी कायम गरी रोपाईं कार्य सुरु गरेका हौँ’ नगर प्रमुख पाण्डेले बताए । त्यस्तै खाडाचक्र नगरपालिका वडा नम्बर ३का वडा अध्यक्ष महावीर पाण्डेले खाँडाचक्र नगरपालिकामा पनि लकडाउनका बेला सामाजिक दुरी कायम गरी रोपाईं सुरु गरिएको बताए । उनले भने खाँडाचक्र नगरपालिका को वडा नं. ३ ताडि मा पनि रोपाईं सुरु गरिएको छ । समयमै वर्षा भएपछि स्थानीय किसानहरु खुशी छन् ।
यस वर्ष धान खेती राम्रो हुने र उत्पादन पनि बढ्ने अनुमान छ । कृषि विकास कार्यालय कालिकोटले जिल्लामा १० प्रतिशत रोपाईं भईसकेको जनाएको छ । कृषि विकास कार्यालय कालिकोटका प्रमूख भरत बहादुर बस्नेतले विगतका वर्षहरुमा असार महिनाको पहिलो सातादेखि सुरु हुने रोपाईं यस वर्ष मौसमले साथ दिएर समयमै वर्षा भएका कारण जेष्ठको दोस्रो सातादेखि नै रोपाईं सुरु भएको बताए । यस वर्षष्ठ हिनामै प्रयाप्त वर्षा हुँदा स्थानीय किसानहरु खुसी छन् ।
उनले भने ‘यस वर्ष धान उत्पादनमा पनि वृद्धि हुने अनुमान छ । उनका अनुसार कालिकोट जिल्लामा कुल १७ हजार ९ सय ८४ हेक्टर खेती योग्य जमिन रहेको छ । जस अन्तर्गत पनि ८ हजार ७ सय ५० हेक्टर जमिनमा मात्र खेती भइरहेको छ। जसमा कुल २ हजार ५ सय १५ हेक्टर जमिन धान खेती हुँदै आएको छ । अरु बाँकी जग्गामा मकै, कोदो, फापर,सिमी, गहत, भट्मास, चिनो, कागुनो, लगायतका रैथाने बालीहरु लगाउने गरिएको छ । मकै लगाउने जमिनमा पनि मकै लगाउने कार्य चलिरहेको छ । स्थानीय किसानहरुलाई सामाजिक दुरी कायम गरी खेतीपाती गर्न आग्रह गरिएको खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख पशुराम काफ्ले ले बताए ।
युग संवाददाता । । २७ जेष्ठ २०७७, मंगलवार १३:११