कोपिलाले बाड्यो स्वास्थ्य सामाग्री

सुर्खेत, २३ जेष्ठ ।
कोपिला भ्याली सेवा समाज सुर्खेतले कालीकोट जिल्लाका ९ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कालीकोट जिल्लामा रहेका ९ वटै स्थानीय तहमा रहेका क्वारेन्टाईनमा बसेका नागरिकको स्वास्थ्य सुरक्षाका लागी कर्णाली प्रदेश सरकारको समन्वयमा कालीकोट जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि कोपिला भ्याली समाजले स्वास्थ्य सामाग्रि कालीकोट जिल्लालाई दिएको हो । प्रत्येक स्थानीय तहका क्वारेन्टाइनमा रहेका सम्पूर्ण नागरिकहरू लाई प्ल् ढछ मास्क, सेनेट्राईजर, सर्जिकल पञ्जा, लत्ताकपडा, साबुन, टुथपेस्ट, ब्रस, जीवनजल, महिलाहरुका लागि सेनेटरी प्याड, बच्चाहरुका लागि हर्लिस, क्वारेन्टाइनलाई चामल पानी खाने बाल्टिन जग लगायतका सामाग्री दिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सो सामाग्री कोपिला भ्याली सेवा समाज सुर्खेतले सहयोग गरेको सेवा समाजका सचिव गोगन बहादुर मल्ल (रमेश) ले बताए । पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमको रोहवरमा कालीकोट जिल्लाका ९ वटै स्थानीय तह, जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

त्यस्तै कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोप बहादुर मल्ल भने ‘हामीले कोभिड–१९ का कारण अलपत्र परेका भारतबाट कर्णाली प्रदेश भित्रिएका सम्पूर्ण नागरिकहरुलाई प्रत्येक एक जनाका दरले कुकिज बिस्कुट र १ बोतल पानीको ब्यबस्थापन गरिरहेको र गरिरहने छ । त्यस्तै कर्णाली प्रदेश सुर्खेतको छिन्चुमा खाना, पानी ब्यबस्थापनमा पनि समन्वय गरिरहेको छ । यतिबेला त्यो कामलाई निरन्तर राख्दै थप राहतका कार्यक्रमहरु अगाडि बढाएको छ ।

यति बेला सेवा समाज कर्णाली प्रदेशका सम्पूर्ण ७९ पालिकाका क्वारेन्टाइनमा रहेका नागरिकहरुका लागि राहत सामाग्रीहरु ब्यबस्थापन गरिरहेको छ । यतिबेलासम्म कालिकोटका सबै नौ वटै पालिका र सुर्खेत, दैलेखका पालिकाहरुमा पनि स्वास्थ्य सामाग्री पठाइसकिएको छ । अरु पालिकामा स्वास्थ्य सामाग्री जानेक्रम निरन्तर छ ।

तपाईको प्रतिक्रिया