कर्णाली प्रदेशमा ४८९ जना पुगे कोरोना संक्रमित

सुर्खेत, २३ जेष्ठ ।
कर्णाली प्रदेशमा शुक्रबार एकै दिन थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी प्रभावित जिल्ला दैलेख भएको छ । ३०९ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशका जुम्ला, मुगु, कालीकोट, सुर्खेत, दैलेख, सल्यान र जाजरकोट गरी ७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कोरोनाबाटै २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यो संगै संक्रमितको संख्या कर्णालीमा ४८९ जना पुगेको छ । शुक्रबार थपिएका सहित यस प्रदेशमा कोभिड–१० पुष्टि भएकाहरूको कूल संख्या ४८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा शाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा ९७ र सुर्खेतमा गरिएको परीक्षणमा तीन जनामा कोभिड–१९ पोजिटिभ देखिएको हो ।

संक्रमितहरूमध्ये दैलेखमा मात्रै ९१ जना छन्। त्यस्तै जुम्लामा तीन, हुम्लामा एक, दोलखामा एक, रामेछापमा एक, गोरखामा एक, सुर्खेतमा एक र जाजरकोटमा एकजनामा संक्रमण देखिएको छ । सुर्खेतमा थपिएका व्यक्ति हिजो मृत्यु भएका १८ वर्षीय युवक भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया