रुसले भन्यो : ‘चीनविना जी–७ को निर्णय लागू गर्न सकिन्न’

एजेन्सी, २२ जेष्ठ ।
रुसले जी–७ मा अन्य देशलाई पनि सामेल गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई सही दिनमा चालिएको एउटा कदम भएको भन्दै स्वागत गरेको छ । तर वास्तममा यो सही प्रतिनिधित्व नभएको बताएको छ । उसले चीनको उपस्थिति बिना वैश्विक पहललाई लागू गर्न कठिन हुने बताएको छ ।

रुसको विदेशमन्त्रालयका प्रवक्ता मारिया जखारोभाले सामान्य रुपमा जी–७ विस्तारको विचार सही भएको बताइन् । तर यो वास्तविक प्रतिनिधित्व नभएको उनले बताइन् । उनले भनिन्, ‘वर्तमान समयमा हामीसँग कुशल, सफल र परीक्षण गरिएको जी–२० को संरचना रहेको छ । जसमा जी–७, ब्रिक्स र संसारका आर्थिक र राजनीतिक प्रभावका प्रमुख केन्द्र सामेल रहेका छन् ।’

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ को विस्तारसहित केही अन्य मुद्दामा छलफल गरेपछि रुसको पछिल्लो प्रतिक्रिया बाहिर आएको हो । ट्रम्पले जी–७ लाई वैश्विक रुपमा थप जवाफदेही र प्रतिनिधित्वमुलक बनाउने भन्दै अस्ट्रेलिया, दक्षिण कोरिया, रुस र भारतलाई थप्नुपर्ने बताएका थिए । जी–७ को शिखर सम्मेलन यही जुनको १० देखि १२ सम्म वासिंगटनमा हुने भनिएपनि अन्तिम समयमा आएर रोकिएको छ ।

तपाईको प्रतिक्रिया