कालीकोट जीप दुर्घटनामा चालकको मृत्यु

सुर्खेत, २० जेठ ।
कालीकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जीप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ कालीकोटका डबल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जीप सडकदेखि करिब तीन सय मिटर तल खस्दा चालक शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले जानकारी दिए । दुर्घटनामा नरहरिनाथ गाउँपालिका–३ का ५० वर्षीय पुर्णप्रसाद उपाध्यय घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया