सुकुटीसहित सिम्रिक एयरको हेलिकप्टर सेनाकाे फन्दामा

मुछिए प्रहरी इन्सपेक्टर र हवल्दार
रामचन्द्र न्यौपाने
डोल्पा, १८ जेठ ।
निजि हेलिकप्टर कम्पनिको मनोमानिका कारण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज संरक्षणमा ठुलो चुनौति देखिएको छ । निकुञ्जको अनुमति बिनानै निजि कम्पनिका हेलिकप्टरहरु संरक्षित क्षेत्रमा निर्बात रुपमा आवत–जावत गर्न थालेपछि संरक्षणमा चुनौति देखिएको हो । नागरिक उद्धा, यात्रु ओसार्ने वा खाद्य सामाग्री ढुवानी गर्ने निहुँमा निकुञ्ज क्षेत्रमा मनपरी रुपमा हेलिकप्टर उडाउने गर्नाले संरक्षित जडिबुटी, दुर्लभ बन्यजन्तु र गुम्बाहरुमा राखिएका बहुमुल्य मुर्तिहरु संरक्षणमा चुनौति खडा भएको निकुञ्जले जनाएको छ ।

सिम्रिक, माउन्टेन, एयर डाइनेष्ट्रि, कैलाश एयर, मनाङ्ग एयर लगायतका निजि हेलिकप्टर कम्पनिले निकुञ्ज क्षेत्रमा जथाभावि उडान गर्ने गरेको निकुञ्जले जनाएको छ । “बिभिन्न बहानामा काठमाण्डौ, पोखरा, नेपालगञ्ज, सुर्खेत लगायतका सहरबाट थुप्रै कम्पनिका हेलिकप्टरहरु निकुञ्जको कोर एरियामै अवतरण गर्छन्,आफ्नो व्यापार गरेर फर्कने गरेकाछन्”निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौढेलले भने ।

“निकुञ्ज स्थापना भएदेखिनै संरक्षित क्षेत्रमा निजि हेलिकप्टर कम्पनिले आफ्नो रवाफ देखाएका रहेछन्,निकुञ्जको अनुमति बिनानै आउने जाने, राजश्व नतिर्ने, निकुञ्जका कर्मचारीद्धारा जाँच नगराएरै निर्बात आवत जावत गर्ने गरेको पाएँ ।” “निकुञ्ज जस्तो संवेदनशील क्षेत्रमा यसरी मनोमानि गर्ने हेलिकप्टर कम्पनिले दुर्लभ बन्यजन्तुको आखेटोपहार,बहुमुल्य जडिबुटी,निकुञ्ज क्षेत्रमा रहेका बहुमुल्य मुर्तिहरु लगायत सामानहरु अवैध ओसार पसार नगर्लान भनेर भन्न सकिँदैन्”पौढेलले थपे ।

“म आएको आठ महिना भयो,आउनु भन्दा अगाडि के थियो थाहा छैन्,आइसके पछि पर्यावरण संरक्षणको सवालमा कुनै पनि कुरामा सम्झौता हुँदैन्,अपराधि उम्कदैनन्,दोषि फस्दैनन् ।” बिस २०४० सालमा स्थापना भएको शे–फोक्सुण्डो निकुञ्ज विश्वमै दुर्लभ बन्यजन्तु हिँउ चितुवा,संरक्षित बन्यजन्तु नावर,घोरल लगायतका बन्जन्तुको पाइने मुख्य बासस्थान हो । त्यतिमात्र नभई बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइने सत्तरी प्रतिशत यार्सागुम्बबा पाटहरु पनि निकुञ्ज क्षेत्र भित्रै पर्दछन् । शे–फोक्सुण्डो निकुञ्ज रामसार सुचीमा पनि सुचिकृत भइसकेको छ । निकुञ्ज क्षेत्रमा एक पटक हेलिकप्टर ल्याण्ड गर्दा तीन हजार रुपैयाँ राजश्व तिर्नु पर्ने कानुनि व्यवस्था छ ।

सुकुटीसहित समातियो सिम्रिक हेलिकप्टर
गत बिहिबार शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र रहेको साल्दाङ्गका नागरिकहरु बोकेर सिम्रिक एयरको हेलिकप्टर काठमाण्डौ बाट डोल्पा सदरमुकाम दुनैमा अवतरण गरयो । दुनैमा प्रहरीलाई जाँच गराएर हेलिकप्टर उपल्लो डोल्पाको साल्दाङ्ग उड्यो । दुनैमा रहेको हेलिप्याड पनि शे–फोक्सुण्डो निकुञ्ज अन्तर्गतको मध्येवर्ती क्षेत्र भित्र पर्दछ ।

निकुञ्ज क्षेत्र र मध्येवर्ती क्षेत्रमा अवतरण गर्ने हेलिकप्टरलाई आउँदा जाँदा निकुञ्जका कर्मचारी र नेपाली सेनाद्धारा जाँच गराएर मात्र उड्नुपर्ने कानुनि व्यवस्था छ । त्यतिमात्र नभई निकुञ्ज क्षेत्रमा हेलिकप्टर अवतरण गर्न पुर्व अनुमति लिनुका साथै निकुञ्जका एकजना कर्मचारी सँगै लिएर जानुपर्ने व्यवस्था पनि छ । तर,त्यो दिन सिम्रिक एयरको हेलिकप्टर निकुञ्जलाई कुनै पनि जानकारी नदिएर साल्दाङ्ग उडेको निकुञ्जले जनाएको छ । कर्मचारी संयन्त्रबाट हेलिकप्टर उडेको थाहा पाइसके पछि जाँचका लागि निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ बसेको इश्वरी बक्स गुल्मको सेनाको टोली दुनै पठाइयो ।

साल्दाङ्गबाट हेलिकप्टर नआँदै निकुञ्जको टोली हतार–हतार गरेर दुनै पुग्यो । कुनै अनुमति नलियरै निकुञ्जको कोर एरियामा उडेको हेलिकप्टरलाई आवाश्यक सोधपुछ सँगै जाँच गर्ने निकुञ्जको टोली आतुर देखिन्थ्यो । हेलिकप्टर फर्केपछि निकुञ्जको टोलीले जाँचसुरु गरयो, हेलिकप्टरमा निगरानि गर्ने भन्दै दुनैबाट सँगै उडेका एक जना प्रहरीका इन्स्पेक्टर पनि थिए,केही सामानहरु थियो जाँचमा पुगेका एक कर्मचारीले भने ।

जाँचका क्रममा हेलिकप्टरले ल्याएको सामान खोतल्दै जाँदा आधा किलो संरक्षित बन्यजन्तुको जस्तो देखिने मासु फेला परेको निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौढेलले जानकारी दिए । त्यसपछि हेलिकप्टर ग्राउण्डमै खैलाबैला मच्चियो, निकुञ्जको टोली थप गम्भिर भएर सोधपुछमा लाग्यो । हेलिकप्टरका चालकलाई यो मासु के को हो, कसले ल्यायो भनेर केरकार गर्न थालेपछि सोध्दा आफुले नल्याएको बताउँदै सबैका अगाडिप्रहरी हवल्दारले मासु हालेको र प्रहरी इन्सपेक्टर पनि सँगै आएको बताए ।

“हामिले त्यतिखेरनै पाइलटलाई समातेर निकुञ्ज कार्यालय ल्याएर बयान लिने तयारी गरेका थियौँ,तर सेनाले जाँचबुझ गर्दा गर्दै यात्रु कराए भन्दै हेलिकप्टर स्र्टाट गरेर पाइलट भागे”संरक्षण अधिकृत पाैडेलले भने । त्यसपछि सेना र निकुञ्जको टोली सुलिगाड फर्कियो ।शनिवार फेरी ढाड भाचिँएको बिरामि लैजाने भन्दै सिम्रिक एयरको हेलिकप्टर दुनै पुग्यो,त्यहि मौका पारेर निकुञ्जका संरक्षण अधिकृत पौढेल सहित सेनाको टोली फेरी दुनै पुग्यो र तिनै पाइलट सँग सोधपुछ सुरु गरयो ।

“पाइलटले गत पन्ध्र गतेकै कुरा दोहोरयाय र भने प्रहरी हवल्दारले मासु हालेका हुन,त्यहि हेलिकप्टरमा इन्सपेक्टर सँगै आएका छन भने यसमा मेरो के दोष ।” उनको यो बयाने क्यामेरामा समेत कैद गरिएको संरक्षण अधिकृत पौढेलले बताए । “शनिवार पनि उनलाई भिडियो बयान सँगै लिखित बयान लिने कुरा थियो तर ढाड भाँचियको बिरामिको अवस्था गम्भिर भएकाले बिरामिको ज्यान जोगाउन भएपनि मानविय नाताले काजग गरेर छोड्नु पर्ने भयो”पौढेलले भने ।

निकुञ्जले बोलाएको खण्ठमा हेलिकप्टर सहित जतिखेर जुनसुकै अवस्थामा पनि उपस्थित हुने गरि कागज गरेर छोडेका छौ ।” शनिवार सिम्रिक एयरको हेलिकप्टरले डोल्पाका लागि दुई वटा उडान गरेको थियो । घटना अनुसन्धानमै रहेकाले मुद्धा छिनोफानो नहुन्जेलसम्म पाइलटको नाम भन्न नमिल्ने संरक्षण अधिकृत पाैडेलले जानकारी दिए ।

के भन्छन पाइलट
हामिले पाइलट सुरेन्द्र पौडेललाई यस बिषयमा बुझ्दा आफुलाई केहि पनि थाहा नभएरको र दुनैमा आइपुगेर सेनाले सामान चेक गर्दा आफुले थाहा पाएको बताए । “मेरो का हेलिकप्टरलाई कसरी सुरक्षित तरिकाले अवतरण गर्ने र गतन्तब्यमा पुरयाउने हो, हेलिकप्टर वैध वा अवैध सामान के हाल्छन भनेर जाँच गर्ने जिम्मा सुरक्षाकर्मीको हो” पाइलट पाैडेलले भने ।

“हेलिकप्टरको निगरानिका लागि दुनैबाटै प्रहरी इन्सपेक्टर आफुसँग जानुभएको हो्, साल्दाङ्गमा प्रहरी हवल्दारले पनि चेक गर्नुभएको कसरी मासु बन्यजन्तुको हो या होइन उहाँहरुले पनि हेर्नुपर्ने हो ।” “कि हेलिकप्टर उडाउने सँगै चेकजाँजको अधिकार पनि पाइलटलाई हुनेभए म हेलिक्पटर रोकेरै चेक गर्थे होइन भने सामानको चेकजाँच सुरक्षाकर्मीलेनै राम्रोसँग गर्नुपर्यो नि” उनले थपे ।

पाइलटको लिखित बयान लिइसकेपछि उक्त बयानको आधारमा प्रहरी इन्सपेक्टर र प्रहरी हवल्दारको पनि बयान लिने संरक्षण अधिकृत पाैडेलले बताए । निकुञ्ज क्षेत्रबाट उडेको हेलिकप्टरमा संरक्षित बन्यजन्तुको जस्तो सुकुटि भेटिएको डोल्पामै पहिलो घटना हो । बरामत गरिएको मासु संरक्षित बन्यजन्तुको जस्तो देखिए पनि प्रमाणित गर्नका लागि राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला खुमलटार काठमाण्डौ पठाउने तयारी भइरहेको निकुञ्जले जनाएको छ ।

इन्स्पेक्टर–हवल्दार मुछिएपछि के भन्छन डि.एस.पी
संरक्षित बन्यजन्तु संरक्षण गर्नु प्रहरीको पनि दायित्व भएकाले निकुञ्जको अनुसन्धानमा आफुहरुले पनि सघाउने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बताए । “उहाँका अनुसार प्रहरी इन्सपेक्टर हेलिकप्टरको निगरानिका लागि इन्सपेक्टर जिल्लाबाटै साल्दाङ्ग गएका हुन्,बिरामि झार्ने बित्तिकै हेलिकप्टर उडाउने गरि इन्जिनै अफ गरिएको थिएन्,हतार भएकाले बोरामा सिलायर हालेको सामान राम्रोसँग खोलेर चेक गर्न सकिएन् ।”

“दुनै पुगेर नेपाली सेनाले चेक गर्दा मासु भेटिएको हो,यसमा कसले हाल्यो के ग¥यो अनुसन्धान पछि थाहा होला,त्यसमा प्रहरी दोषि देखिय पनि कानुनि कारवाही भोग्नुपर्छ”डिएसपि रञ्जितकारले थपे ।” अब डोल्पा आउने हेलिकप्टरलाई कडाइका साथ चेक गर्न निर्देशन दिइसकेको रञ्जितकारले बताउनुभयो ।  सामान हालिएको र समय अभावका कारण राम्रोसँग चेक गर्न नभ्याइएको भन्ने कुरा इन्सपेक्टरले बताएको रञ्जितकारले जानकारी दिए ।

के भन्छन सिडियो
सिम्रिक एयरको हेलिकप्टरले मासु ल्याएको घटनाको बिषयमा अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए । बन्यजन्तु वन पैदावर संरक्षण गर्नु सबैको दायित्व भएकाले निकुञ्ज क्षेत्रमा हेलिकप्टरले मनपरि गर्न नहुने बताए । “निकुञ्ज क्षेत्रमा गृहमन्त्रालयको अनुमति लिएर तत्काल रेस्क्यु गर्नु पर्ने हुन्छ,निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडाउन आफ्नो अनुमति लिनु पर्ने निकुञ्ज बताउँछ,राज्यको बाझिँदो नितिले कहिलेकाही निकुञ्ज र प्रशासन बिच समस्या उत्पन्न हुन्छ”प्रजिअ सुनारले भने ।

“हेलिकप्टरले बदमासी नगरुन भनेर प्रत्येक फ्लाइडमा प्रहरी पठाने गरेको छौँ,त्यतिमात्र नभई बदमासी गरे कारवाहीका लागि शिफारिष समेत गछौँे ।” निकुञ्ज क्षेत्रमा रेस्क्युका लागि निकुञ्जकै अनुमति लिनुपर्ने नै भए गृह मन्त्रालयले वन मन्त्रालयलाई जिम्मेवारी दिनुपर्ने प्रजिअ सुनारको भनाई छ ।

के छ कानुनि व्यवस्था
राष्टिय निुकञ्ज तथा बन्यजन्तु संरक्षण एैन २०२९ अनुसार संरक्षित बन्यजन्तुको ठहरियमा पाँच देखि पन्ध्र बर्ष जे हेलिकप्टर जफत हुने कानुनि व्यवस्था रहेको निकुञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया